आरन पेशाले धानेको भागिरतको जीवन

जाजरकोट–बाटो छेउमा भुइतले घर,घरदेखि अलि पर टिनले छाएको छाप्रो । त्यही छाप्रो मुनि चल्छ नलगाड नगरपालिका – ७ का भागिरत कामीको दैनिकी । १६ बर्षको उमेरदेखि आरन पेशामा लागेका उनि उमेरले ६८ बर्ष नाघिसकेको भएनि बिहाना भालेको डाको संगै आरनमा बसेर फलाम पिट्न सुरु गर्छन् ।

खलिप्रथामै श्रम बेचिरहेका भागिरतले जिबनका ५२ औँ बर्ष यसरी नै फलाम पिटिरहे तर उनको जिबन स्तर कहिल्यै माथि उठेन । भन्छन् बिष्टहरुका दैनिक उपभोग्य सामाग्रि बनाउछु अनि उहाँहरु संग अन्न उठाउँछु । यसैगरी आज सम्म परिवार पालिरहेको छु । जब तन्नेरी थिएँ त्यतिबेला फलाम पाइदैनथ्यो,पाएपनि एकदमै महँगो हुन्थ्यो तर अचेल फलाम सस्तोमा पाइन्छ, बुढो भैसके ताकतले भ्याउँदैन तै पनि आफ्ना बिष्टहरुको काम सकिनसकि गरि रहेको छु । कहिलेकसो बाहिरका मान्छेपनि सामाग्री किन्न आउछन् दुइचार पैसा कमाएर नातिनातिना लाइ कपि,कलम किनिदिन्छु ।

कामलाई सानो ठुलो नभनि ऐतिहासिक पेशालाइ ब्यबसायिक रुपमा आफ्नै ठाउँमा सिपको सदुपयोग गर्न सके लोभै लाग्दो आम्दानि हुने र बेरोजगारिको कारण युवाहरु विदेश जानुपर्ने अवस्था नभएको भागिरत बताउछन् । आफुले आधुनिक औजारहरुको अभाव हूदाहुदै हसिया,कोदालो,कुटो,बन्चरो,खुकुरी,तरबार,खुरोलगाएत सामाग्रि निर्माण गरिरहेको भएपनि स्थानिय निकायले   ध्यानदिए लोपहुने संघारमा पुगेको ऐतिहाँसिक पेशाको जगेर्ना हुनुको साथै रोजगारको बिस्तार हुने उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्