अधुरो यात्रा-कबिता

डिल्ली थापा “चिन्तन”

सपनाको जहाँजमा,

अाशारुपी चाहाना बोकेर ।

अाैंशी रातको अन्धकारमा,

हिडिरहेछन् यी पाइलाहरु ।

 

हरेक पैतलाहरु मेटिदैछन्,

पूर्णिमाको उज्यालोमा ।

निराशाताका खाडलहरु छन्,

दिल तर्पिएर हिजोहरु हराउदैछन् ।

 

घाम र पानी बिनाको इन्द्रेणी खोज्दै,

काँडेतार भित्रका काँडाहरु पन्छाउदै ।

अाँखाबाट नदि पोख्दै बन्न खोज्दै छन्,

किन फुट्दैनन् ती चट्टानहरु ।

 

कहाँ भेटिएला नयाँ संसार,

सगरमाथाको उकालोमा ।

कैयाै घुम्तीहरु छिचोल्दै,

कर्णाली भेरी र नर्सिङ् खोलामा ।

 

एक घुट्को पानी पिएर पाैडी खेल्दै,

कता बढी रहेछन् मन मुटु र हृदय ।

श्रावने भदाैको भेलसँग लड्दै,

शिशिर हावा चलिरहेको छ ।

 

थाहा छैन कुन दिन अाँधी तुफाँन अाउने हो,

कैयाै अग्ला पहाडसँग लड्दै दिनहरु ।

हतार हतार कता दाैडिरहेछन्,

उता उम्लीरहेछ राप्ती भेरी कर्णाली ।

 

कोशी गण्डकी अनि नर्सिङ् घाट,

अधुरो मेरो यात्रा मेरै बारेकोट ।

अधुरो मेरो यात्रा मेरै जाजरकोट,

हो अधुरो मेरो यात्रा मेरै बारेकोट ।

डिल्ली थापा “चिन्तन” बारेकोट-२, जाजरकोट(हाल दाङ)

प्रतिकृया दिनुहोस्