मुहान सफा नगरी धारा सफा हुदैन

तिलक बहादुर खत्री

प्रधानाध्यापक श्री शिव माध्यामिक विद्यालय भेरी

नगरपनलिका १ कालेगाउँ जाजरकोट

नेपालको शिक्षा क्षेत्रमा विभिन्न आयोगहरु गठन हुदै आ–आफ्नै प्रकारका शिक्षा प्रणालीको सिफारिस गरेको कुरा सर्बविदितैछ । अझ भन्ने हो भने देशमा भएका राजनैतिक परिवर्तनले शासनव्यवस्थामा परिवर्तन गर्दै आए तथापि अझसम्म पनि शिक्षा ऐन २०२८लाई टालटुल गर्दै काम चलिरहेको छ । यसै परिवेशमा नेपालको संविधान २०७२ ले शिक्षासम्बन्धी मौलिक हकको व्यवस्था गरेको छ । यही संविधानको मुलमम अनुसार तीन तहका सरकारहरु गठन भएर शासन सञ्चालन गरिरहेको छन् ।यसै शिलसिलामा २०७६।०८।१६र गते कुशे गाउँपालिका, जाजरकोटले आफ्नो पालिकाको शिक्षा नीति तथा रणनीति तयार गर्न शिक्षाविद प्रा। डा विद्यालय कोइराला सहितको उपस्थितिमा सेभ द चिल्ड्रेनको सहकार्यमा कार्यशाला सञ्चालन ग¥यो । उक्त कार्यशालामा आमन्त्रण गरि यो पंक्तिकार पनि सहभागी भएकोले उक्त कार्यालयमा भएको छलफल र पंक्तिकारको विचारमा उठेका शैक्षिक विचारलाई संक्षेपिकरण गर्ने जम्मा गरेको छ७३घढस । स्वभावले शिक्षा नीति तयार गर्न७३घढस आफैमा गहण तथा द७३घढसरगामि कार्य हो । शिक्षा कस्तो बनाउने भन्ने क७३घढसराले देश तथा पालिकालाई कस्तो बनाउने हो भन्ने कुराको निर्धाण गर्दछ । स्थानिय सरकार सक्रिय हुनु आफैमा असल कार्यको थालनी हो । तर देशको संघीय शिक्षा प्रणाली भन्दा पृथक शिक्षा प्रणाली स्थानिय सरकारले ९पालिकाले० अवलम्बन गर्न सक्छ वा सक्दैनररु यो महत्वपुर्ण सवाल हो । राष्ट्रिय शिक्षा निति तथा कार्यक्रमले देशको शिक्षाको आकार प्रदान गर्ने कुरामा दुइमत नहोला तर जस्तो शिक्षा निति अवलम्बन गरिन्छ त्यस्तै देश बन्ने कुरामा दुइमत छैन । शिक्षाविद् प्रा।डा। विद्यानाथ कोइरालाले कार्यशालामा सहजिकरणको क्रममा महत्वपुर्ण विचार व्यक्त गनुभएको थियो । महत्वपुर्ण विचारहरुलाई भन्दा एउटा प्रसङ्गबस उठेका कुरा पाठ्यपुस्तकलाई प्रमुख साधन मानेर उक्त पाठ्यपुस्तकमा लेखिएका कुराहरु मात्रै पढाउनु हुँदैन र एक अशल शिक्षकले पाठ्यपुस्तक पढाउँदैन तर पाठ्यक्रमले राखिएका सक्षमताहरु पुरागर्न क्रियाकलापहरु सञ्चालन गर्दछ र गर्नु पनि पर्दछ । यो कुरालाई विभिन्न पत्रपत्रिकाले “किताब पढाउने शिक्षक नै होइनन्” विद्यानाथ कोइराला शीर्षकमा समचार प्रकाशन गरेका थिए । पत्रपत्रिकाले कार्यशालाको मुलमर्म अनुरुप छलफलका विषयवस्तुहरूलाई प्राथमिकता दिएर समाचार बनाउँदा राम्रो हुनेथियो । सकारात्कमता उन्मुख पत्रकारिता देश विकासको मेरुदण्ड हो भन्ने कुरालाई मनन गरि उपयुक्त विषयबस्तुको उठान गर्नु आवश्यक हुन्छ । सबैले सकारात्मक सोचकासाथ कार्य गर्नु कर्तब्य हो । कार्यशाला अत्यन्तै सान्दर्भिक तथा प्रभावकारि थियो । जाजरकोटको कुशे गाउँपालिकाको भावि शैक्षिक मार्गचित्र निर्माण गर्ने महत्वप७त्रगयतसर्ण कार्य हो । जहाँ शैक्षिक निति तथा रणनिति तयार गरिएको थियो । अहिले हामीले अवलम्बन गरेको शिक्षा प्रणाली शद्ध छैन । सफलता उन्मुख छैन । सिपमुखि छैन ज्ञानमुखि मात्रै छ । यो शिक्षा प्रणाली विस्तारै अफलता तर्फ जानलागेको भान हुन्छ । योजनाबद्ध शिक्षाको विकास गर्न सबै सरोकारवाला सक्रिय हुनुपर्दछ । शिक्षा प्रणालीमा राष्ट्रका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने, कुन क्षेत्रको विकास गर्न कस्ता र कति जनशक्ति आवश्यक पर्दछन् भन्ने कुरा राष्ट्रको योजनामा उल्लेख हुनु पर्दछ । जसरी दोस्रो विश्वयुद्ध पिछी जापानले शिक्षामा आमुल परिवर्तन गरी विश्वमा अब्बल शिक्षा प्रणालीको विकास गरेर देशलाई सम्पन्न बनायो । त्यसरी नै नेपालको शिक्षामा आमुल परिवर्तनको खाँचो छ । अतः नेपालमा रहेका शिक्षाविद्हरुले नेपालको आवश्यकता अनुरुपको शिक्षा प्रणालीको परिकल्पना गर्ने कि नगर्ने मुहानको रुपमा रहेका शिक्षाविद् जसले राष्ट्रिय शिक्षा नीति, रणनीति, शिक्षा ऐन, नियमवली, पाठ्यक्रम, पाठ्रयपुस्क तयार गर्दछन् । राष्ट्रिय शिक्षाको बाघडोर समालेकाछन् । उनिहरुको मानसिक चिन्तनमा परिवर्तन हुने की नहुने र मालिकको भुमिका निभाएर शिक्षकलाई नोकरको व्यवहार गर्दा शिक्षा सुधार हुनसन्छ त रु यो कस्तो चिन्तन हो । आदरणीय शिक्षाविद्ज्युहरु हामी तपाईहरुले उत्पादन गरेका प्रयोगशालाका उत्पादन कि तपाइहरुले नै पाठ्यपुस्तकका लेखेको नाम, किताब तथा कक्षा नोट सारेका असफल वा असक्षम विद्यार्थी रु यो यक्ष प्रश्नको उत्तरको अपेक्षा गरेको छु । तपाइहरुले नेतृत्व गरेका विश्वविद्यालयले जे। सिकाए सोही कुरा सिकेर त्यही गरिरहेका छौँ । यसमा हाम्रो के गल्ती रु हामीलाई नसिकाएका कुरा गर्ने प्रयास गरेका छौ तर सकेका छैनौ । जस्ता गुरुका उस्तै चेला हो हामी । तपाईहरुले जसरी हामिलाई सिकाउनु भयो । हामिले त्यसै अनुसार हाम्रा विद्यार्थीहरुलाई सिकाइरहेका छौ । शिक्षामा आवश्यक पर्ने मानविय जनशक्ति र भौतिक व्यवस्था राज्यले गर्नुपर्दछ । सिकाउने शैली शिक्षाकर्मीले सिकाउनु पर्दछ । अनुभव आदान प्रदान गर्नुपर्दछ । साटफेर गर्नुपर्दछ । अतः कसरी शिक्षक बन्ने र राम्रा विद्यार्थी उत्पादन गर्ने रु पाठ्यक्रममा आमुल परिवर्तन गरी व्यवहार, सिप र ज्ञान त्रिमुखी पाठ्क्रम क्रियाकलापमुखी पाठ्यवस्तु र मार्गनिर्देशन पुस्तक, सीप प्रमाणिकरण गर्ने मुल्याङ्कन प्रणाली लागु गर्नु  हाम्रो दायित्व हो । यो मुहान हो मुहान सफा नभए विद्यालय÷शिक्षक आदी मात्र सफा गर्दैमा शिक्षामा शुद्धीकरण हुँदैन । शिक्षाको मुहान राष्ट्रको शिक्षा निति हो, राष्ट्रिय कार्यक्रहरु  शिक्षा ऐन तथा नियमहरु हुन् । जसले सम्पुर्ण शिक्षाको मार्ग निर्देश गर्दछन् । यिनै शिक्षाका मार्गदर्शक सिद्धान्त, नितिहरुमा ब्यबहारिक , सिपमुखि, दैनिक जिवन उपयोगी, विश्व बजारमा प्रतिशपर्धा गर्न सक्ने सक्षम विद्यार्थी उत्पादन गर्ने पाठ्यक्रम, सिप मापन गर्न सक्ने वैज्ञानिक मुल्यांकन प्रणाली आदि स्पष्ट हुनुपर्दछ । शिक्षाका आधार स्तम्भ बलिया नबनाइकन, विद्यालय सञ्चालनका न्य७त्रगयतसनतम भौतिक संरचना विकास नगरेर, विद्यालयमा न्युनतम जनशक्तिको ब्यबस्था नगरेर विद्यालयलाई, शिक्षकलाई कमजोरी देखाएर आफ्नो दायित्वबाट कुनै पनि पक्षले पछि हट्न मिल्दैन् । अतः तल्लो निकाय विद्यालय र शिक्षकबाट धेरै अपेक्षा गर्ने तर उपयुक्त शिक्षा प्रणालिको विकास गर्न नसक्नु नै विद्यालय तहमा देखिएको असफलता हो । हाम्रो प्रवृति मुहान सफा गर्न नजाने धाराको सरसफाइ गरेर मात्रै सफा पानी पिउन खोज्ने रहेको छ । सफा पानी पिउनका लागि पहिले मुहान सफा गर्ने अनि मात्रै धाराको सरसफाइ गर्दा सफा पानी पिउन पाइन्छ । यहि तथ्यलाई ध्यानमा राखेर तिनै तहका सरकारको शिक्षा सम्बन्धि अधिकार, कर्तव्य र दायित्वलाई स्पष्ट बनाउनु पर्दछ । शिक्षामा हुने लगानीमा एकद्धार प्रणाली अवलम्बन गर्नुपर्दछ , विद्यालयका भौतिक सुविधाको विकास तथा विस्तार गर्नुपर्दछ , विद्यालयमा प्राथमिक तह, आधारभुत तह० देखि नै विषयतगत रुपमा शिक्षक दरबन्दिको ब्यबस्था गर्नु पर्दछ , समय सापेक्ष र नेपालको लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न उपय७३घढसक्त पाठ्यक्रमको विकास तथा परिमार्जन गरिनुपर्दछ , विद्यालय अनुगमण तथा सुपरिवेक्षण दण्ड तथा परस्कारको सिद्धान्तमा न्यायोचित रुपमा कार्यान्वयन गरिनु पर्दछ , शिक्षकहरुलाई पाठ्क्रम प्रबोधिकरण र क्षमता विकासको लागि तालिमको ब्यबस्था र उचित सेवा सुविधाको ब्यबस्था गरिनु पर्दछ र विद्यालय तहको मुल्यांकन पद्धतिमा आमुल परिवर्तन गरि सिप मापन तथा परिक्षण गर्ने ब्यबस्था गरिनु पर्दछ अनि मात्रै नेपालको शिक्षामा परिवर्तन हुन सन्छ । शिक्षाको विकास हुसन्छ । समग्र देशको विकास हुनसन्छ । त्यसैले भनिन्छ मुहान दुषित छ भने मुहान सफा नगरि धारा सफा गर्दैमा  सफा पानी खाना पाइदैन् । शिक्षाको पनि मुहान सफा गर्न जरुरि छ । शिक्षाको मुहान सफा गरे मात्रै समग्र विद्यमलय शिक्षाको विकास हुनसन्छ ।

प्रतिकृया दिनुहोस्