जनवादी गायक जिवन शर्मा जनताका गित गाँउन नलगाड महोत्सवमा


“सिमलु छायामा बसी भरिया लामो सास फेरेको उमेर भैसक्यो असि झनठुला दुखले घेरेको” जनवादी गाएक जिवन शर्माले मात्र यत्ति गित के गाएका थिए नलगाड साँस्कृतिक महोत्सब हेर्न आएका अधिकांस बुढाबुढी हरु भावुक देखिन्थे भाबुक मात्र हैन सुन्दा सुन्दै कतिपयका आँखा रसाएका थिए ।,,अभाबै अभाबमा बाँचिरहेका जाजरकोटी श्रमजिवि जनताको विचमा उभिएर जनतका जिबन भोगाइका गित गायपछी ननाच्ने कोहिथिएनन् । चाहिदैन मलाइ सुनको दरवार चादैन मलाइ हिराको हार,परदेसी तिमी फर्कि आउ है,मदेशी पहाडी हामि सबै नेपाली जस्ता गितहरुमा महोत्सबका अतिथि दर्शक सबै लाइ छमछमती नचाएका थिए । उनि श्रमिकका गित गाउदै थिय दर्शकहरु सुन्दै थिय उनको मुहारमा ज्योती थियो दर्शकको आँखामा आँशु वाह यस्तो पो गायक ।

प्रतिकृया दिनुहोस्