बारेकोटका ११२ जनाको स्वाव संकलनगरि सुर्खेत पठाइयो


वारेकोट। बारेकोट गाउँपालिकाका बिभिन्न क्षेत्रमा कामगर्ने ११२ जनाको कोरोना भाइरस कोभिड १९ को संक्रमण जाँच गर्न पिसीआर विधिवाट स्वाव संकलन गरि प्रदेश स्वास्थ्य निर्देशानालाय सुर्खेत पठाइएको छ । बारेकोट गाउँपालिका,जिल्लास्वास्थ्य कार्यालय जाजरकोट र कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहकार्यमा वारेकोट गाउँपालिकाका जनप्रतिनिधि,नेता,स्वास्थ्यसर्मी,राष्ट्रसेबक सर्मचारी,पत्रकार,होटलब्यबसायी,लगायत विभिन्न क्षेत्रमा काम गर्ने ११२ जनाको पिसीआर विधिवाट परीक्षण गर्नका लागि स्वाव संकलन गरि सुर्खेत पठाइएको हो ।
कोरोनाको संक्रमणको जोखिम वढी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी,सन्चारकर्मी,जनप्रतिनिधि र सन्चारकर्मीहरुमा नै हुने भएकोले उनीहरुको अवस्था जाँच गर्न वारेकोट गाउँपालिकाका बिभिन्न क्षेत्रमा कामगर्ने ११२ जनाको कोरोना भाइरस कोभिड १९ को संक्रमण जाँच गर्न स्वाव संकलन गरि सुर्खेत पठाइएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त व्यवस्थापक टीकाराम जैसीले वताए । उनले कोरोना संक्रमणको जोखिमका वावजुत पनि सुरक्षाकर्मी, स्वास्थ्यकर्मी,सन्चारकर्मी र जनप्रतिनिधि काममा खटिनु पर्ने भएकोले उनीहरुमा कोरोनाको संक्रमणको अवस्था जाँच गर्न यो स्वाव संकलन गरिएको र एक दुइ दिनमा यसको रिपोर्ट आउने वताए ।
बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहले स्थानीय सरकार सम्पूर्ण साधनश्रोत तथा संयन्त्रको परिचालनसहित कोरोना भाइरस कोभिड– १९ को सम्भावित जोखिम रोकथामका लागि स्थानीय तहले गरेका प्रयासलाई सबै नागरिकहरुले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस्