सोती घटनामा ज्यान गुमाउने पाँच जनाकै पोस्टमार्टम रिपोर्ट आयो,खुल्यो यस्तो रहस्य

भेरि नगरपालिका ४ रानागाउँका नबराज बिकले शनिवार मध्यान्ह घरवाट हिड्दा सपना देखेका थिए प्रेमिकालाइ दुलही बनाएर घरमा ल्याउने र लकडाउन खुलेपछी प्रहरिकाे जागिर खाना जाने तर उनकाे त्याे सपना ६ घण्टामै भेरी नदिमा बिलीन भयाे ।

मल्ल थरकि प्रेमिका लिन भेरी तरेर साेति पुगेका नवराज सहित १८ जनालाइ गाउँलेहरूले लखेटे उनि सहित ५ जनाकाे ज्यान गयाे १ जना वेपता भए ।१२ जना मुस्किलले बाँचे । घटना पछि प्रेमिका भनिएकि १७ बर्षिया किशाेरी सहित १८ जनालाइ प्रहरिले पक्राउगरि बनुसन्धान शुरू गरेकाे छ । जाहेरिमा किटानि गरिएका २ जना फरार छन् ।

  यसैबिच ज्यान गुमाउने पाँच जनाकै पोस्टमाटम रिपोर्ट अाएकाे छ । भेरि नगरपालिका ४ जाजरकाेटका युवाहरूकाे समुह रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिका ८ साेतिमा पुगेकाे बेला भएकाे घटना पछि भेटिएका ५ अाेटा शवकाे पेटमा पानी नभएकाे पोस्टमाटम रिपोर्टबाट खुलेकाे छ ।जाजरकाेटमा गरिएकाे पोस्टमाटम रिपोटमा कुटपिटपछी म्रृत्यु भएकाे चिकित्सककाे भनाइ छ । मृतक पाँचै जनाकाे अनुहार,टाउकाे र अंगमा चाेट देखिएकाे पोस्टमाटममा संलग्न एक चिकित्सकले बताए ।

टाउकाे, हातखुट्टा,छाति र पिठ्युमा कडा प्रहारका कारण चाेटपटक लागेकाे देखिन्छ । ति चिकित्सकले भने नदिमा बगेपनि पेटमा पानि भरीएकाे देखिएन । पेटमा पानि नभएकाेले बगेकाे हुन नसक्ने बताए । अस्पतालले मृतककाे शरिरबाट लिइएकाे नमुना भिसेरा परिक्षणका लागि काठमाण््डाै काे बिधी बिज्ञान प्रयाेगशालामा पठाइएकाे छ ।

सोतीमा शनिबार भएको घटनाका सम्बन्धमा गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिले शुक्रबार काम थालेको छ । सहसचिव जितेन्द्र बस्नेत नेतृत्वको टोलीले शुक्रबार सन्दीप विकको शव हेरेको थियो । टोलीले परिवारका सदस्यलाई भेटेर सोधपुछसमेत गरेको थियो ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले टोलीले घटनास्थल पुगेर थप अनुसन्धान गर्ने जानकारी दिए । गृह मन्त्रालयले सहसचिव बस्नेतको नेतृत्वमा नेपाल प्रहरीका एसएसपी जनक भट्टराई, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक ओमबहादुर खड्का, उपसचिव वशिष्ट घिमिरे र उपसचिव माधव ढकाल सम्मिलित समितिलाई छानबिनको जिम्मा दिएको छ ।

स्थानीय दलित अधिकारकर्मीले जाजरकोट पुगेको छानबिन समितिलाई निष्पक्ष छानबिनको मागसहित ६ बुँदे ज्ञापनपत्र बुझाएका छन् । यसअघि, कर्णाली प्रदेशसभाका सदस्यहरू रातो कामी, झुपा विक, सीता नेपालीलगायतले टोलीका सदस्यलाई भेटी जाजरकोट पुगेर घटनाको निष्पक्ष छानबिन गर्न तथा दोषीमाथि हदैसम्म कारबाही गर्न माग गरेका थिए । समितिका संयोजक बस्नेतले सरकारले दिएको म्यान्डेटअनुसार निष्पक्ष छानबिन गर्ने स्पष्ट पारेका थिए । ‘घटना तोडमोड हुँदैन, तपाईंहरू ढुक्क हुनुहोस्,’ उनले भने, ‘सत्यतथ्य बाहिर आउँछ ।’

‘दोषीलाई उम्काउने प्रयास गरियो’

पीडित परिवारले भने घटनालाई तोडमोड गर्ने प्रयास भएको आरोप लगाएका छन् । रुकुममा केही स्थानीय र जनप्रतिनिधिले घटना तोडमोड गरी दोषीलाई उम्काउने प्रयास गरेको उनीहरूको भनाइ छ । ‘घटनामा वडाध्यक्ष डम्बरबहादुर मल्ल प्रमुख दोषी हुन्, उनकै संलग्नतामा यो सबै भएको छ,’ नवराजका बुबा मुनिलालले भने, ‘तर अहिले नेताहरूले अपराधीलाई बचाउने गरी वक्तव्य दिने गरेका छन् ।’ कुटेर मारेपछि भेरीमा फालेको थाहा हुँदाहुँदै केटाहरूले आफै भेरीमा हाम फालेको अफवाह फैलाएर दोषीलाई बचाउने प्रयास गरिएको उनले दाबी गरे ।

यसैबीच, रुकुम पश्चिमका प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा र नेकपा रुकुम पश्चिम जिल्ला कमिटीले छुट्टाछुट्टै विज्ञप्ति निकाली दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । शर्माले बुधबार निकालेको विज्ञप्तिमा आफू जहिले पनि उत्पीडित जनताका लागि लडेको स्मरण गर्दै उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपा रुकुम पश्चिमले घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाही गराउने प्रक्रियामा पार्टीले सहयोग गर्ने जनाएको छ ।

कान्तिपुरबाट साभार

प्रतिकृया दिनुहोस्