बारेकोटको बह

 पहिरोले सर्वस्व गुमाएका बारेकोटबासीहरु  यतिबेला मानसिक रुपमा  विक्षिप्त बनेका छन् । बाच्ने आधार र सम्पत्ति भनेकै पहाडका जग्गा र बस्तुभाउ हुन् । प्राकृतिक सुन्दरताले भरिपुर्ण बारेकोट आजभोली काक्रो चिरेझै चिराचिरा परेको छ । भर्खरमात्र सडक संजालमा जोडिएको बारेकोट बिकास निर्माणका काममा तिब्र गतिमा अगाडि बढिरहेकाले अब छिट्टै सुख र समृद्दीको अनुभूति गर्न पाउने बारेकोटिको सपना भिषण बर्षासंगै आएको पहिरोले बगाइदिएको छ । बारेकोट गाउँपालिकामा असार २५ गते राति भिषणबर्षाका कारण भिरालो जमिनमा रहेका बस्तीहरु पहिरोसँगै बग्न थालेपछी बस्तीबाट भागाभाग भयो । दिनभरी मेलापातमा बिताएर फर्किएका सबैजसो घरभित्र मस्तनिन्द्रामा थिए । एक्कासि पहिरो खस्न थालेपछी गाउलेहरुको भागदौड मच्चियो । दुधे बालबालिका हरु काखीमा च्यापेर  कोहि ओडारमा त कोहि डाँडामा गएर ज्यान जोगाउन सफल भए  भने बिगतमा पहिरोको संकेत  नदेखिएको बस्तिमाथिबाट धमाधम पहिरो खस्नाथालेपछी भाग्न नसक्ने अबस्थाका र मस्त निन्द्रामा रहेका हरुलाइ पहिरोले बगायो । थुप्रै बस्तीहरु एकैपटक पहिरोको चपेटामा परेपछि भागेर ज्यान जोगाएका र बस्ति जोखिममा भै घरमा बस्न नसक्नेहरु कोहि ओढार,कोहि स्कुल त कोहि आफन्तकोमा बसिरहेका छन् । सडकमार्ग हुदै जानेबाटो नहुदा प्रयाप्त राहत सामाग्री पुग्नसकेको छैन । प्रतिकुल मौसमका कारण हेलिकप्टरबाट समेत राहत सामाग्री पुर्याउन सकिएको छैन । मेहेनत गरेर लगाएको बालिबोट पहिरोले बगाएपछी किसानहरु कसरि गुजारा चलाउने भन्ने चिन्तामा छन् । सबैजसो दिनभर टोलाएर बसिरहेका हुन्छन ।

थामिएनन् आँखामाआँसु

भनिन्छ हरेक आमाबाबुलाइ आफ्नो ज्यान भन्दा बढी आफ्ना  सन्तानको माया लाग्छ । बारेकोट गाउँपालिका वडा नस्४ को सार्की टोलकी ३३ बर्षिया कलु सार्की त्यस्तै महान आमामा पर्छिन् । असार २५ गतेराती भएको भीषणबर्षाका  कारण २६ गतेराति घरमाथिबाट आएको पहिरोमा पुरिएकी कलुको आफ्नै काखमा बेरिएको अबस्थामा  ६ वर्षको छोरा सुवास सँगै उनको सब २७ गते भेटिएको थियो । आमाको न्यानो काखमा बेरिएको लास सदरमुकाम जाजरकोट बाट आएको नेपालि सेना,ससस्त्र प्रहरी र स्थानीयहरुले करिब १६ घण्टा लगाएर निकालेका थिए । कोठाभित्र सुतेकी कलुकि छोरी १४ बर्सकी  तिर्खा सार्की र ११ बर्षकी  कमला सार्की अर्को घरका  ५६ बर्षका गोपाल सार्की उनकी १३ बर्षकी छोरी लक्ष्मी सार्की,११ बर्षको छोरा अर्जुन सार्कीको सब निकालिएको थियो । भने उनकी श्रीमती पुस्पा सार्की अझैसम्म बेपत्ताछन् । गोपालको  घरमा पाउहुना आएका  कुसे ९ चौरटाका २० बर्षका  डील्ली सार्की,१४ वर्षीया  गौरी सार्की,१६ बर्षीया  कबिता सार्की र १८ बर्षीय बिरेन्द्र सार्कीको सब पनि निकालिएको थियो ।दुइ अक्षरले निर्मित प्रिय शब्द आमा र बाबाको  सन्तानप्रतिको जिम्मेवारी र माया अनागीन्ति हुन्छ । ६ बर्षिय छोरा सुबासलाइ अँगालोमा बेरेको कलुको सब निकाल्दाको त्यो हृदयविदारक दृश्यले प्रहरी,सेना र उद्दारकर्मी स्थानीयका आँखा रसायाका थिए ।

 उमेरले ७६ बर्षकी दुर्गी सार्की आँखाका नानिसमान छोरा बुहारी र  नातिनातिनालाई दैनिक जसो देख्दा निकै हर्षित हुन्थिन् । धेरै बर्षदेखी कमाउनाका लागि भारत गएका गोपालले गत वर्ष गाउफर्केर नयाँघर बनाएका थिए । दुर्गिको सपना थियो अब नातिनातिना सँगै खेल्दै बुढेसकालका पट्यारलाग्दा दिनहरु बिताउने तर २६ गते बिहान उनका सबै सपाना पहिरोमा पुरिय । जेठो नाति बाहेक छोरा को सबै परिवार गुमाएकी दुर्गी छोरा, बुहारी,नातिनाको सट्टा आफ्नो ज्यान लिनुपर्ने भन्दै मुड्की बजार्दै भगवानले पनि पक्षपात गरेको भन्दै बेलाबेलामा मुर्छित हुदै बिलौना गर्छिन  उनको छोरा गोपालको परिवारमा जेठो नाति किसन भाग्यले बाँच्न सफल भएका छन् भने बुहारी पुस्पा बेपत्ता छन् ।

३३ बर्षकि श्रीमती कलु ११ बर्षकि छोरी लक्ष्मी अर्की १४ बर्षकि छोरी तिर्खा  र ६ बर्षका छोरा सुबास लाइ गुमाएका  तुल बहादुर बेलाबेलामा मुर्छित हुन्छन । भारतमा केहिबर्ष मजदुरी गरि २ बर्ष अघि गाउफर्केका तुल बहादुरको सपना थियो छोरा छोरी लाइ राम्रो संग पढाउने  लेखाउने आफु खेतीपाती गरेर  गुजारा चलाउने । श्रीमतीले छिमेकी बिरामी छन् आज बस्न जानुपर्छ भनेर गएका उनि बिहाना घर आउना खोज्दा खोला तरेर आउन सकेनन । कुहिरो फाटेपछी घरतिर हेर्दा उनको घर पहिरोले पुरिएको देखेपछी  उनि मुर्छित भए । उनको झिनो आशा थियो परिवार भागेर बाचेका होलान । गाउमा रुवाबासी चलेको देखेपछी बिलौना गर्दै मुर्छित भए । स्थानीयले उनलाई समाले उनका  जेठो छोरा लोकेन्द्र गोठमा गएका थिए । मृत्यु लाइ समेत नचिनेका लोकेन्द्रका आँखामा आँसु थामिएका छैनन् ।

प्रतिकृया दिनुहोस्