क्रान्तिकारी दुई मुक्तक

-डिबी दृसं 

टालेको जुगेलिमाथी, फारेको छ छाती

 देशको पिरले झनै मुटु, पोल्छ भतभती |

 आफै भित्र द्वन्द्वगर्न अभ्यस्त छ सिंहदरबार

 दिनानुदिन मिचिदैछन्, देशका सिमासाँधी ||

             

              वर्ग बैरी संग संघर्स गर्दै, साम्यवाद चिहाइरहेछन्

              बैज्ञानिक समाजबादको पथमा, पाइला कुदाइरहेछन् |

               सगरमाथाको आँगनीमा एकीकृत जनाक्रान्ति भन्दै

                सर्बहारा श्रमजीवी बर्ग, लालझण्डा उठाइरहेछ ||

(मुक्तककार : युवासंगठन नेपाल जाजरकोटका उपाध्यक्ष हुन् |)

प्रतिकृया दिनुहोस्