सरकारले सबै शिक्षकहरुको कोरोना बीमा गरिदिने

सरकारले सबै शिक्षकहरुको कोरोना बीमा गरिदिने भएको छ । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले सबै शिक्षकहरुको कोरोना बीमा गर्नका लागि प्रक्रिया अगाडि बढिसकेको जनाएको छ ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले शुक्रवार गरेको विशेष सम्बोधनमा भने–‘शिक्षकहरुको स्वास्थ्यसुरक्षालाई ध्यानमा राखी सबै शिक्षकहरुको कोरोना बिमा गर्ने प्रक्रिया  अघि बढिसकेको छ ।’ यस्तै, कार्यरत विद्यालय रहेको जिल्लाभन्दा बाहिरी जिल्लामा रहेका शिक्षकहरुलाई विद्यालयसम्म पुग्नका लागि जिल्ला प्रशासन कार्यालयहरुले सहजीकरण गर्ने पनि शिक्षामन्त्री पोखरेलले स्पष्ट पारेका छन् ।

बाहिरी जिल्लाबाट आएका शिक्षकहरुलाई विद्यालय रहेको स्थानीयतहर्ले १४ दिनसम्म होम क्वारेन्टिनमा राखी पिसिआर परीक्षणको व्यवस्था पनि गर्नुपर्ने शिक्षामन्त्री पोखरेलले जानकारी दिए ।

अर्थात बाहिरी जिल्लाबाट आएका शिक्षकहरुले कोरोना परिक्षण र १४ दिनसम्म होम क्वारेन्टाइनमा बसेपछि मात्रै वैकल्पिक सिकाइमा जोडिन पाउने भएका छन् ।विद्यालयसम्म विद्यार्थी आउने वातावरण बनिनसकेकाले अब शिक्षकहरु शिक्षण सिकाइका लागि विद्यार्थीसम्म पुग्नुपर्ने र शिक्षण सिकाइलाई अगाडि बढाउनुपर्ने शिक्षामन्त्री पोखरेलले बताए ।

पहिले कोरोना संक्रमण लामोसमय नरहने सोचेर वैकल्पिक सिकाइलाई सिकाइ निरन्तरतासँग मात्रै जोडिएको भएपनि अब यसलाई शिक्षण सिकाइकै पूरकको रुपमा अगाडि बढाइने मन्त्री पोखरेलले स्पष्ट पारे । यसअघि जारी वैकल्पिक सिकाइ निर्देशिकालाई पनि नयाँ ढंगले परिमार्जित गरिएको र एक,दुईदिनभित्र जारी गरिने उनले स्पष्ट पारे ।

यस विषम परिस्थितिमाविद्यार्थीहरुको पढ्न पाउने अधिकारको रक्षा गर्न र शैक्षिक सत्र खेर जाननदिनहामी सबै मिलेर काम गर्नु पर्ने उनको भनाइ थियो । मन्त्री पोखरेलले भने– ‘शिक्षाकर्मी, शिक्षाप्रेमी र सबै सरोकारवालाहरुको साथ सहयोग र सहभागिताबाट नै हामी सफलतामापुग्न सक्छौं । तसर्थ, सबैले आआफ्नो ठाउँबाट योगदान गरौं ।’

अहिलेको विषम परिस्थितिमा अवरुद्ध शिक्षा क्षेत्रलाई आइसब्रेक गरी वैकल्पिक पद्धतिलाई सिकाइको मूल पद्धतिको रुपमा स्थापित गर्नुपर्ने उनले स्पष्ट पारे ।

विद्यालय र विश्व विद्यालय नखुले पनि शिक्षा सुचारु हुन्छ, सिकाइ निरन्तर चलिरहन्छ भन्ने मान्यतालाई साकार पार्नुपर्नेृमा जोड दिँदे उनले भने, ‘सबै सचेत रहौं, सुरक्षित रहौं, संयमित बनौ। सबै खालका चुनौतिहरुलाई अवसरमा बदलौं ।’

प्रतिकृया दिनुहोस्