रोकिएन जाजरकोटमा जडिवुटी अवैध चोरीपैठारी

जिल्लाको बारेकोट गाउँपालिकाको विभिन्न क्षेत्रवाट संकलन अनुमतिविना सेतकचिनि (खिराङ्लो) लगाएत विभिन्न जातका जडिवुटी चोरीपैठारी भइरहेको पाइएको छ । बारेकोट गाउपालिकाको रोल्पा,खेताली,चखुरे,कालिमुरी,कोटे,ढोटाचौर सामुदायिक बन अन्तरगत पर्ने दियाबाल्ना,बारे,सज्बन,लामाडांडा,गडुलले,निलापहर लगायतका बन क्षेत्रमा डिभिजन बन कार्यालय र सामुदायिक बन समितिको अनुमतिबिना भदौ १ गतेदेखि जुम्लिहरुले विभिन्न प्रजातिका बहुमुल्य जडिबुटी संकलन गरि जुम्ला जिल्लामा चोरी निकासी गरिरहेको ढोटाचौर सामुदायिक बन समितिका अध्यक्ष बिर बहादुर शाहीले बताए |
संबन्धित निकायको निरीहताका कारण बर्षेनी जडिबुटीको अबैध चोरीनिकासी भैरहेको छ ्र२०७५ साल मंसिरमा वारेकोटको ढोटाचौर सामुदायिक वन उपभोत्ता समुहका अध्यक्ष विरवहादुर शाहिले जथाभावी वनफडानी र जडिवुटी चोरी निकासी गर्ने डेढदर्जन व्यवसायी विरुद्ध किटानी गरेको उजुरीमाथी डिभीजन वनकार्यालय जाजरकोटले अहिलेसम्म कुनै कार्वाही गरेको छैन । उजुरीमाथी कार्वाही नहुदा व्यवसायीहरु बर्षेनी चोरी निकासीमा सक्रिय हुने गरेको स्थानियाहरुको भनाइ छ ्रसामुदायिक वन समुहका अध्यक्ष शाहिले जाहिरी गरेको उजुरिमा ढोटाचौर सामुदायिक वन अन्तर्गत पर्ने दियावाल्न,लामाडाँडा,गडुल्ले,वारे,सज्वन,सुपाकुना,निलापर लगाएत वनक्षेत्रमा सामुदायीक वन समुह र डिभिजन वन कार्यालयको अनुमति विना २०७५ असोज २१ गते देखी मंसिर १० गते सम्म ५० हजार क्विन्टल भन्दा वढी सेतकचिनी ९खिराङ्लो० संकलनगरी जुम्ला जिल्लामा चोरी निकासी गरेको र सेतक चिनी पकाउनको लागी उक्त वनक्षेत्र भित्र रहेका भोजपत्र,चिमालो,ठिकुरे सल्लो,कैयासी,डिग्रेधुपी,रयस जस्ता विभिन्न प्रजातिका रुख विरुवा र हजारौ निगाला फडानीगरेको उल्लेख गरिएको थियो । उक्त किटानी उजुरी गुठीचौर गाउँपालिका ५ कुम्रिका भिम वहादुर भण्डारी,गुठीचौर गाउँपालिका १ का निर्मल ऐडी,गुठीचौर गाउँपालिका १ का जनक थकाली,२ का गोपाल वोहरा, ५ का सुर्यवहादुर शाही,पातारासी गाउँपालिका ३ का जंगविर वोहरा,टंक गिरी, तातोपानी गाउँपालिका ७ का लालवहादुर शाही गरी ८ जना व्यापारीका नाममा रहेको थियो ।
डिभिजन वनकार्यालय जाजरकोटले मुद्धाको विषयमा सोधपुछ गर्दा छानविन हुदैछ भन्दै ढाँटिरहेको र उजुरी दिएको दुइवर्ष पुग्दा सम्म कार्वाहि गर्नुको सट्टा उल्टै उजुरी फिर्ता गर्न दवाव दिइरहेको सामुदायिक वन उपभोत्ता समुहका अध्यक्ष शाहिले वताए । दुइबर्ष अघि डिभिजन वन कार्यालयको ढिलासुस्ती र लापवाहिका कारण वातावरणिय प्रभाव मुल्याङ्कन नगरी संकलन गरिएको जडिवुटीको अवैधतरिकाले चोरी निकासी हुदा यहाँको लाखौँ राजश्व गुमेको थियो । गत वर्ष वनपैदावार,संकलन,वनसंरक्षण विकास सम्वन्धी कार्ययोजना हुनुपर्ने वन ऐन २०४१ र वन नियामावली २०५१ ले व्यवस्था गरे अनुसार वनविभाग वाट वातावरणिय प्रभाव मुल्याङ्कन स्विकृत भएपछी डिभिजन वन कार्यालयले एकैजातका जडिवुटी ५० हजार किलो सम्म मात्र संकलन पुर्जी वितरण गर्न पाउने कानुनी व्यवस्था भएकोले पासनवेद ४० हजार के जी सेतकचिनी ५० हजार के जी पदमचाल्नु ४२५०० के जी टिमुर ८९७५० के जी रातोच्याउ ३२६५५के जी सम्मको संकलन पुर्जी वितरण गरेको थियो | तर यता जाजरकोटका विभिन्न वनक्षेत्रमा संकलन पुर्जि दिनु अघीदेखीनै हजारौँ क्विन्टल जडिवुटी उत्खनन गरी व्यवसायीहरु चोरी निकासीमा गरेका थिए |
वर्ष भरि खेतीकिसानी गरेर उब्जेको अन्नले ६ महिना पनि नधान्ने र परिवार पाल्नकोलागि भारत लगायत विभिन्न ठाउमा गएर मजदुरी गरि जिबिका चलाउने गरेका बारेकोटबासी यति बेला लामो समयको लकडाउनका कारण चरम गरिबीले थिचिएका छन् ्रबारेकोट ४ जिरीका किसान मान बहादुर तिरुवाले निरास भएर भने गत असार २५ गतेको बाढीपहिरोले खेतबारी सबै बगायो अब पाटनतिर गएर जडिबुटी संकलनगरेर परिवारको भोकोपेट भर्ने आशा थियो,जुम्ली आएर सबै जडिबुटी चोरिसके अब के गर्ने कमाउने कतै ठाउ छैन १० जनाको परिवार कसरि पाल्ने घरमा अन्नपात केहिपनि छैन |जारकोटको पाटन क्षेत्रमा पाइने जडिबुटीको संरक्षण र सदुपयोग गर्न सके जाजरकोटि जनता कमाउनकोलागि देश,विदेश धाउनु पर्ने अबस्था नहुने जानकारहरु बताउछन |

प्रतिकृया दिनुहोस्