सिफारिसको भरमा प्रहरीले चौकीमै गर्छन सर्जिमिन मुचुल्का

बाढी, पहिरोसहित प्राकृतिक प्रकोपका कारण पुगेको क्षतिको राहत लिन कृषकले स्थानीय प्रहरीबाट क्षतिको सर्जिमिन मुचुल्का तयार गर्नुपर्ने हुन्छ । क्षतिको विवरण कृषक आफैले पठाउँदा यकिन विवरण नआउने र क्षति भन्दा बढी मूल्यांकन गर्नसक्ने भएकोले क्षतिको यकिन विवरण संकलनका लागि सर्जिमिन मुचुल्का अनिवार्य गर्नुपर्ने कानुनि ब्यबस्था भएपनि बारेकोटमा प्रहरी क्षति भएको ठाउमा नपुगेरै  प्रहरी चौकीमै निवेदनको भरमा  मुचुल्का गर्ने गरेको पाइएको छ।

राहतका लागि भइरहेको प्रयासबारे जानकारी राउँदै बारेकोट गाउपालिकाका अध्यक्ष महेन्द्र शाहले भने,‘गाउपालिकाले  दिने राहतका लागि क्षतिको प्रहरीले गरेको सर्जिमिन मुचुल्का अनिवार्य गरिएको छ।’उनले प्रहरी सर्जिमिनले मात्रैपनि क्षतिको राहत नपाइने बताए। मुचुल्कासँगै स्थानीय वडाले सिफारिससमेत गर्नुपर्दछ। तर वडाहरुले बास्तबिक पिडितलाई भन्दा आफ्ना नातागोता,राजनितिक आस्थाका,तर वडाले भने आफ्ना नातागोता,तर ,”तर वडाले भने आफ्ना नातागोता राजनीतिक आस्था र ।भनसुनको आधारमा आँखा चिम्लेर सिफारिस दिने गरेको स्थानीय हरुको गुनासो छ।

राहत वितरण प्रक्रिया छिटो, छरितो र प्रभावकारी ढंगले नभइ पुरानै ढर्राको हुँदा बारेकोटका बाढीपहिरो पिडितहरुले तिनै तहको सरकारको औचित्यमाथि प्रश्न उठाइरहेका छन्।  

प्रतिकृया दिनुहोस्