जाजरकोटमा ढुङ्गा प्रहारबाट एक जनाको मृत्यु

कुशे गाउँ पालिकाको टालेगाउँमा ढुङ्गा प्रहारबाट गम्भिर घाईते भएका एक जनाको उपपारका लागि जिल्ला अस्पतालमा ल्याउदै गर्दा बाटोमा मृत्यु भएको छ । घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल तर्फ ल्याउदै गर्दा शरिरबाट धेरै रगत बगेर बाटोमै मृत्यु भएको हो ।

दुई जना बिचको आपसी बिवादमा कुशे गाउापालिका–२ टालेगाउँका २२ बर्षिय अर्जुन सिंहले प्रहार गरेको ढुङ्गा २१ बर्षिय झलक सिंहको दाहिने कन्चटमा लागेर गम्भिर घाईते भएको थिए । बिहिबार राति ९ बजे भएको बिवादमा ढुङ्गा लागेर घाईते भएका सिंहलाई उपचारको लागि राति नै छेडागाडको बडाबन पुर्याइएको थियो । उनको उपचार बडावनमा सम्भव नभएपछि जिल्ला अस्पताल जाजरकोट ल्याउदै गर्दा जिल्ला सदरमुकाम खलंगा रेडक्रसको कार्यालय नजिकै मृत्यु भएको मृतकका आफन्त जनक सिंहले जानकारी दिए ।

पोष्टमार्टमका लागि मृतक सिंहको लास जिल्ला अस्पताल जाजरकोटमा पुर्याई सकेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार झलक सिंहलाई ढुङ्गा प्रहार गर्ने अर्जुन सिंह फरार भएका छन् । फरार अर्जुन सिंहको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्