अखिल (क्रान्तिकारी) जाजरकोटद्वारा शैक्षिक सामाग्री वितरण

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । जाजरकोटको नलगाड नगरपालिकाको वडा न. ८ मा रहेको राष्ट्रिय प्राथमिक बिद्यालय लुपानाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरियको हो ।

एक कार्यक्रमको आयोजनामा नेकपा एरिया न.२ का इन्चार्ज हिमालको उपस्थितिमा अखिल क्रान्तिकारी को टोलीले प्रत्येक बिध्यार्थिलाई कपि र कलम हस्तान्तरण गरेको हो । कार्यक्रममा बोल्दै नेकपा नलगाड का इन्चार्ज हिमालले शैक्षिक क्षेत्रमा देखिएको माफियाकरण र नाबउदारवादका बिरुद्द बिध्यार्थीहरुले सम्ज्झौताहिन संघर्ष गर्नुपर्ने बताउदै यसका लागि देश भक्त जुझारु बिध्यार्थिहरुलाई संगठनमा आबद्द गर्नु पर्ने र जिल्लाकाशैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि आबश्यक परे जस्तोसुकै परिस्थितिको सामाना गर्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस्