नलगाडका बिपन्न बिद्यार्थीहरुलाई ”नलगाड डेभलपमेन्ट फाउन्डेसन”द्वारा झोला र शैक्षिक सामाग्री वितरण

जाजरकोट जिल्लाको नलगाड नगरपालिकाको दल्लिमा नगरपालिका भित्रका बिपन्न तथा असहाय बिद्यार्थीहरुलाई झोला र शैक्षिक सामाग्रीहरु वितरण गरिएको छ । बिधिवत् रुपमा दर्ताभई निरन्तर समाजसेवामा लागिरहेको सामाजिक संस्था ”नलगाड डेभलपमेन्ट फाउन्डेसन”ले बिहिबार एक कार्यक्रमको आयोजना गरि बिद्यालयका बिद्यार्थीहरुलाई झोला र शैक्षिक सामाग्रीहरु वितरण गरेको हो ।

संस्थाले पालिका भित्रका १६ वटा बिद्यालयका दुइसय जना बिर्थीहरुलाई दुइसय वटा  झोला र शैक्षिक सामाग्रीहरु वितरण गरेको थियो । आफुहरुले शैक्षिक सामाग्री पाएपछि पढाईमा सहजता हुने बिद्यार्थीहरुले बताएका थिए । ”नलगाड डेभलपमेन्ट फाउन्डेसन”का सचिब जय बहादुर खड्काले पालिका भित्रका बिपन्न,असहाय स्कुले छात्र,छात्राहरुलाई सहज होस् भन्ने उदेश्यले सामाग्री वितरण गरेको बताउनुभयो उहाँले भन्नुभयो । थोरै सामाग्री भएकोले पालिका भित्रका वडाहरु बाट असहाय,बिपन्न बिद्यार्थी छनौट गरि वितरण गरेका छौ । कार्यक्रममा बोल्ने वक्ताहरुले ”नलगाड डेभलपमेन्ट फाउन्डेसन”ले गरेको काम साह्रै राम्रो बताएका थिए ।

संस्थाका अध्यक्ष सुदाम गौतमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि  जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख मनबहादुर रावल,विशिष्ट अतिथि  नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावल रहनु भएको थियो । कार्यक्रमको संचालन संस्थाका सचिब जय बहादुर खड्काले गर्नु भएको थियो ।

 

प्रतिकृया दिनुहोस्