गजल

उजाड मरुभूमि पनि सुन्दर बगैचा बन्न सक्छ । 

सुकुम्बासीले पनि त हजुर जमिन खन्न सक्छ ।। 

भुमि भनेको भुमि नै हो जहाँ भेदभाव हुदैन ।

गरिबले पनि त पसीनाका दानाहरु गन्न सक्छ ।।   

न कसैको थियो न कसैको होला त यो धर्ति ।

शक्तिको भरमा तुच्छ मानवले मेरो भन्न सक्छ ।। 

किन खण्डहर बनाउछौ हे स्वार्थि मानिस हो ।

यहि सुन्दर धर्ति पनि त मसानघाट बन्न सक्छ ।।

              तारा बहादुर पुन (मगर ) 

               बारेकोट १ जाजरकोट

 

प्रतिकृया दिनुहोस्