नेकपाका नेता-कार्यकर्ताहरुको गिरफ्तारी बिरुद्द जाजरकोटमा बिरोध सभा

आफ्नो पार्टीका नेता-कार्यकर्ताको रिहाइको मागगर्दै नेकपा जाजरकोटले बिरोध सभा सम्पन्न गरेको छ । बन्दी नेताहरुको तत्काल बिनासर्त रिहाइको माग गर्दै जिल्लाको बारेकोट गाउँपालिकाको कार्किज्युलामा बिरोध सभा सम्पन्न गरेको हो ।

कार्यक्रममा मन्तब्य राख्दै नेकपा बारेकोटका सेक्रेटरी निर्ममले आफ्नो पार्टीका नेता कन्चन लगायत सम्पूर्ण नेतालाई तत्काल रिहा नगरिए आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनी दिए । पार्टी संगठण अभियानमा जुटेका आफ्ना नेतालाई झुट्टा आरोप लगाई थुनामा राखेकोमा खेद प्रकट गर्दै उनले संघर्सबाट स्थापित नेकपा संग पौठेजोरी नखेल्न राज्यको ध्यान आकर्सन गराए ।

कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारी भेरी कर्णाली क्षेत्रीय समन्वय समितिका सदस्य धन्जितले सरकारले कोरोनाको बेला जनताको स्वास्थ्यको लागि काम गर्नुको साटो जनताप्रति निरुंकुस बनेको र पार्टी भित्रको झगडाले संसद नै बिगठण गरि चुनाब गर्छु भन्दै कोरोनो बिरुद्द लगाउने खोपको लागि चन्दा उठाउने नौटंकी गरेको आरोप लगाए ।

पार्टीका नेता- कार्यकर्तालाइ तत्काल रिहा गर्न नेकपाले घोषणा गरेको संघर्सको केन्द्रीय कार्यक्रम अन्तर्गत आज कार्किज्युलामा गरिएको बिरोध सभाकार्यक्रमको संचालन सितालले गरेका थिए भने निर्मम,बिशाल,बसन्त,धन्जितले मन्तब्य राखेका थिए ।

प्रतिकृया दिनुहोस्