भाडाको घरमा नलगाड बहुमुखी क्याम्पस, मुहार फेर्न “क्याम्पस बनाऔँ ”अभियान

स्थापना भएको सात बर्ष बितिसक्दा पनि नलगाड बहुमुखी क्याम्पस भाडाकै घरमा छ । नलगाड नगरपालिकाको दल्लिमा २०६९ सालमा स्थापना भएको क्याम्पसले भवन निर्माणको लागि खरिद गरिएको जग्गाको मूल्य तिर्न नलगाड बहुमुखी “क्याम्पस बनाआंै” अभियान शुरु गरेको छ ।जनता आवासको घर भाडामा लिएर प्रशानिक काम गरिरहेको क्याम्पसको मुहार फेर्नका लागि यो अभियान थालिएको हो । अभियानका कारण विभिन्न संघसंस्था र व्यक्तिबाट सहयोग जुट्न थालेको छ ।

क्याम्पसको स्तर उन्नति गर्दै समय सापेक्ष बनाउने मनसायका साथ संस्था बिकासको लागि आर्थिक व्यवस्था नै पहिलो सर्त भएको हुदा आबश्यक प्रक्रिया मिलाई संघ,प्रदेशर स्थानीय सरकार समक्ष बजेट माग गरेकोमा यस वर्ष स्थानीय सरकारद्वारा बाटो तथा फिल्ड निर्माणको लागि रु २० लाख,विश्व बिद्यालय अनुदान आयोगबाट ४ कोठे भवन निर्माणको लागि रु ५० लाख र प्रदेश सरकारद्वारा २ कोठे भवन निर्माणका लागि रु ३८ लाख पचपन्न हजार रकम विनियोजन भएको नलगाड बहुमुखी क्याम्पस दल्लिका आर्थिक सहयोग संकलन समितिका संयोजक नबेन्द्र नेपालीले जानकारी दिनु भयो । नेपालीका अनुसार विनियोजित बजेट कार्यान्वनका लागि दल्लिको पसानेखेत भन्ने ठाउमा नरेश गिरीको नाममा रहेको करिब ४ रोपनी जग्गा खरिद गर्नको लागि रु २५ लाख रकम जुटाउन अन्य कुनै श्रोत सम्भावना नभए पछी  क्याम्पस बनाआंै अभियान शुरु गरिएको हो ।

सो अभियानमा हालसम्म जिल्ला समन्वय समितिका संयोजक मन बहादुर रावलले रु १ लाख, नलगाड नगरपालिकाका नगर प्रमुख टेक बहादुर रावलले रु ५० हजार, उप-प्रमुख बालकुमारी बस्नेतले रु २५ हजार र अन्य बुद्दिजिबि, शिक्षाप्रेमी,शिक्षक कर्मचारी,राजनीतिज्ञ,ब्यापारी लगाएतबाट रु ९ लाख सहयोग जुटेको आर्थिक सहयोग संकलन समितिका सदस्य जय बहादुर खड्काले जानकारी दिनुभयो ।

यो अभियानलाई सहयोग गर्न एन आइ सी एसिया बैंकमा नलगाड बहुमुखी क्याम्पसको नाममा संचालित खाता न.२३५४१५००२२८९९००मा रकम जम्मा गर्न सकिने खड्काले बताउनु भयो । उहाका अनुसार भवन निर्माण कार्य सम्पन्न भएपछी सबै भन्दा बढी सहयोग गर्नेबाट भवनको उद्घाटन गरिने छ ।  

प्रतिकृया दिनुहोस्