गजल

एउटै सम्बोधन कसैलाई सम्मान भयो ।

उसलाई भने त्यो कसरि अपमान भयो ।।

 

हिजो जो दुश्मन थियो जसको लागि ।

आज उसैको कसरि गुनगान भयो ।।

 

जसलाई हात समाई क,ख सिकाए थे ।

उसैले चिन्दैन सायद उ जवान भयो ।।

 

कयौं पसिना बगाए छोरो हुर्काउन बाले ।

तेही छोरा जोरी खोज्छ सायद बलबान भयो ।।

 

जसको खुसीको लागि आफै रित्तिए म ।

उसैलाई आज पराइको काख महान भयो ।।

गोबिन्द रोकाय

बारेकोट ४ जाजरकोट

प्रतिकृया दिनुहोस्