पार्टीले चुनावमा भाग लिन्छ – कांग्रेस नेतृ संग्रौला

तोकेकै समयमा सरकारले चुनाव गरायो भने प्रतिगमन बिरुद्धको आन्दोलनलाई छोडेर पार्टीले चुनावमा भाग लिने नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डा. डिला संग्रौलाले बताएकी छन् । नेपाल प्रेस युनियन, जाजरकोटले मंगलबार पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा केन्द्रिय सदस्य संग्रौलाले यस्तो बताएकी हुन् । तोकेकै समयमा सरकारले चुनाव गरायो भने तपाईको पार्टीले चुनावमा भाग लिन्छ कि लिदैन ? भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा कांग्रेस नेतृ संग्रौलाले नेपाली कांग्रेस पार्टीले चुनावमा भाग लिने बताएकी थिईन ।

नेपाली कांग्रेस विधिको शासनलाई मान्ने पार्टी भएको बताउदै नेतृ संग्रौलाले सरकारले तोकेकै समयमा निर्वाचन गराएमा प्रतिगमन विरुद्धको आन्दोलनलाई छोडेर पार्टीले चुनावमा भाग लिनुपर्ने भनाई राखेकी थिईन् । आवाधिक निर्वाचन, लोकतन्त्र, कानुनी राज्यको पक्षमा नेपाली कांग्रेसले लामो समयदेखि संघर्ष गदै आएको बताउदै नेतृ संग्रौलाले गत पुस ५ गते प्रधानमन्त्री केपीशर्मा ओलीले चालेको कदमलाई प्रतिगामी कदमको संज्ञा दिईन् । निरंकुशता, स्वईच्छाचारी, असंबैधानिक प्रतिगामी कदमका रुपमा प्रधानमन्त्री ओलीले प्रतिनीधि सभाको बिघटन गरी मध्यावती निर्वाचनको मिति घोषणा गरेको बताउदै नेतृ संग्रौलाले ओलीको प्रतिगमनकारी कदमका विरुद्ध नेपाली कांग्रेस पार्टीले देशव्यापी रुपमा जागरण अभियान संचालन गरिरहेको बताईन् ।

प्रधानमन्त्री ओलीको प्रतिगामी कदमलाई सच्याउन तथा प्रतिनीधि सभाको पुर्नस्थापना गर्न नेपाली कांग्रेसले जागरण अभियानका माध्यामबाट विभिन्न संघर्षका कार्यक्रमहरुलाई अगाडी बढाई रहेको विघटित प्रतिनीधि सभाको सांसद समेत रहेकी नेतृ संग्रौलाले बताईन् । देश विकास र जनताको आर्थिक समृद्धीको लय पकड्न नसकेको ओली सरकार वाइड बडी, सुरक्षण छापाखाना खरीदमा सञ्चारमन्त्रीको टेप रेकर्ड, स्वास्थ्य सामाग्री खरीदमा ओम्नी समूहसंगको साँठगाँठ जस्ता काण्डै काण्डमा मुछिएको सरकारलाई विगतमा साथ दिदै आएका प्रचण्ड–नेपाल समुहसंगको संयुक्त आन्दोलनमा नगएर नेपाली कांग्रेस पार्टीले प्रतिगमन विरुद्धको आन्दोलनलाई एक्लै संचालन गर्ने नेतृ संग्रौलाले बताएकी थिईन् ।

संविधान सभाबाट देशको संविधान निर्माण गर्ने नेपाली कांग्रेसले २००७ सालदेखि उठाउदै आएको राजनैतिक एजेण्डा भएको बताउदै नेतृ संग्रौलाले प्रधानमन्त्री ओलीले नेपालको संविधान–२०७२ मा नभएको अधिकारलाई प्रयोग गरी प्रतिगामी कदम चालेको बताईन् । प्रधानमन्त्री ओलीले चालेको प्रतिगामी कदमको मुद्धा संबैधानिक अदालतमा पुगेर बहस चलिरहेको बताउदै नेतृ संग्रौलाले संबैधानिक अदालतले गर्ने फैसला नेपाली कांग्रेस पार्टीले स्वीकार गर्ने भनाई राखेकी थिईन ।

प्रतिकृया दिनुहोस्