नेकपा जाजरकोटले २६ औँ जनयुद्द दिवस भब्य रुपमा मनायो

नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले २६ औँ महान जनयुद्द दिवस विभिन्न कार्याक्रम गरि भब्य रुपमा मनाएको छ ।जिल्ला इन्चार्ज संगमको उपस्तिथिमा कुशेमा सेक्रेटरी सोनामको उपस्तिथिमा नलगाड र जिल्ला सचिवालय सदस्य हिमालको उपस्तिथिमा छेडागाडमा छुट्टाछुट्टै कार्यक्रम गरि २६ औँ जनायुद्द दिवस भब्य रुपमा मनाइएको हो।

कुशे गाउँपालिकाको वडा नम्बर २ मा गरिएको कार्यक्रमको प्रमुख अतिथि नेकपाका जिल्ला इन्चार्ज संगम अतिथि नेकपा जाजरकोट एरिया नम्बर ३ का इन्चार्ज रेडियम युवा संगठन जिलाला अध्यक्ष विवस पार्टी जिल्ला समिति सदस्य प्रणाम,सम्भावना,बसन्तको उपस्तिथिमा भब्य र सभ्य ढंगले कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रममा जिल्ला तथा एरियाका नेता कार्यकर्ता र समर्थक, शुभचिन्तक सहित ५०० भन्दा  बढीको उपस्थितिमा नारा जुलुस ,बाजा गाजा,गित संगीत का भव्यताका साथ कार्यक्रम सम्पन्न भएको खबर प्राप्त भएको छ ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि संगमले वलीले बिगठण गरेको संसद उनको संकट नभई यो संसदीय व्यबस्थाको संकट भएको र यसको विकल्प बैज्ञानिक समाजबाद भएकोले सम्पूर्ण देशभक्त,प्रगतिशील,क्रान्तिकारी शक्तिहरु एक हुनुपर्ने धाराणा ब्यक्त गरे । त्यस्तै युवा संगठन जाजरकोटका अध्यक्ष बिबसले अब देशको जिम्मा युवाहरुको काँधमा आइसकेकोले ढिलो नगरी क्रान्तिको अग्र मोर्चामा सामेल भइ जनताको बैज्ञानिक समाजबाद स्थापनाको लागि अन्तिम लडाई लड्न युवाहरुलाई अपिल गरेका थिए केबी को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन विश्वले गरेका थिए ।

त्यस्तै नलगाड नगरपालिकाको हल्चौरमा भएको कार्यक्रममाको प्रमुख अतिथि नेकपाका जिल्ला सेक्रेटरी सोनाम अतिथि निर्मम (दलित मुक्ति मोर्चा नेपाल भेरी कर्णाली क्षेत्रीय समन्वय समिति सदस्य)को   उपस्तिथिमा क्रान्तिकारी गित संगीतका साथ् भब्य कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ४०० भन्दा बढी जनताको उलेख्य उपस्थितिमा नारा जुलुस ,बाजा गाजा,गित संगीत सहित भव्यताका साथ कार्यक्रम सम्पन्न भएको बताइएको छ । एरिया नम्बर १ का  इन्चार्ज प्रसान्तको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालनका सेक्रेटरी स्वर्निमाले गरेकी थिइन् ।

 

त्यस्तै नेकपा जाजरकोटका सचिवालय सदस्य हिमालको उपस्थितिमा छेड़ागाड नगरपालिकाको कर्किगाउमा ४५० भन्दा बढी जनताको उपस्थितिमा भब्य रुपमा कार्यक्रम सम्पन्न गरिएको जानकारी प्राप्त भएको छ ।  

  जिल्लाका सबै ठाउमा बोल्ने नेताहरुले केपिकाे कथित निर्वाचन र प्रचण्ड माधवकाे सँसद पुनरस्थापनाकाे नारा यथास्थितिवादी नारा भएकाले सम्पूर्ण कान्तिकारी कम्युनिस्ट पार्टी,देशभक्त शक्ति,सच्चा लाेकतान्त्रिक शक्तिहरु मिलेर दलाल सँसदीय व्यवस्थालाई विस्थापित गरेर बैज्ञानिक समाजवादी व्यवस्था स्थापना गरेर अहिलेकाे शँकट समाधान हुने कुरा वताएकाछन । जनयुद्दका  कारण नेपालमा लोकतान्त्रिक गणतन्त्र आएको र जनयुद्धका बाकी कार्यभार एकीकृत जनक्रान्ती मार्फत पुरा गर्न आमजनसमुदाय लाई एकीकृत जनक्रान्तिमा हुमिन अपिल समेत गरेका छन ।         

प्रतिकृया दिनुहोस्