लोक तथा दोहरि गित प्रतिष्ठान नेपाल जाजरकोट शाखाको आयोजनामा, नलगाड नगरपालिका र पन्चासे बहूउदेशिय सहकारी संस्था लिमिटेड नलगाड ५ कालिमाटीको आर्थिक सहयोगमा पौराणिक संस्कृतिको संरक्षण र सम्बर्दनमा सदा सदा नलगाड नगर वासीहरुको पूर्ण प्रतिबद्दता भन्ने मुल नाराका साथ् नलगाडको दल्लिमा सन्चालन गरेको तेस्रो नलगाड सास्कृतिक महोत्सव २०७७ साँच्चीकै साँस्कृतिक महोत्सवमा परिणत भएको छ ।
महोत्सवको सोमबार दोस्रो दिन दर्शकहरुले स्थानीय कलाकारहरुको प्रस्तुतिबाट मनोरन्जनको मज्जा लिए । आज यो नेपालि शिर उचाली भन्ने गीतबाट शुरु भएको कार्यक्रम क्रमस सम्रिदी महिला बिकास किर्षी समूह,कमाराकोट आमा समूहनलगाड ७,नलगाड ८ को महिला समूह,नलगाड को काली बहादुर बोहराको समूह,जनविकास आ.बि खगेनकोट का बालबालिकाको समूह,नालागाड १ को झाकीहरुको समूह,नलगाड ४ को लहरे पैसेरु समूह, नलगाड २ को सिंगारु, ख्याली,नलगाड ८ को शेरबहादुर खत्रीको समुहले आ-आफ्ना प्रस्तुति प्रस्तुत गरेका थिए ।
रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बाकेकी सदस्य बिमला बिकले धमाकेदार प्रस्तुती दिएकि थिइन् । उनको प्रस्तुतिमा नलगाडका दर्शक निकै उत्साहका साथ नाचेका थिए । महोत्सबमा बिशेष गरी स्थानीय ख्याली,पैसेरु,सिंगारु लगाएतका झाकीहरु प्रस्तुत गरेका थिए ।
जाजरकोटी गायक तथा रास्ट्रीय लोक तथा दोहरि गित प्रतिस्ठान जाजरकोट शाखाका अध्यक्ष जय रावलको कार्यक्रम संचालन शैलीले झनै शुनमा सुगन्ध थपेको थियो ।