जाजरकोटमा चार वटा आरोग्य सेवा केन्द्र स्थापना

सहदेव बस्नेत जाजरकोट,। जिल्लाका चार वटा पालिकामा चालु आर्थिक वर्षमा चार वटा नागरिक आरोग्य सेवा केन्द्र स्थापना भएका छन । संघीय सरकारको स्वीकृत बार्षिक कार्यक्रम अनुसार  स्वास्थ्य सेवा कार्यालय (आयुर्वेद शाखा) जाजरकोट द्वारा उक्त कार्यालयहरु स्थापना भएका हुन् ।

जिल्लाका बारेकोट गाउँपालिका – २ लिम्सा ,कुशे गाउँपालिका – ६ थर्पु भार्मा, छेडागाड नगरपालिका –३ वा  र जुनीचादे गाउँपालिका – मा नागरिक आरोग्यसेवा केन्द्र स्थापना भएका हुन्  ।

स्वास्थ्य सेवा कार्यालय, जाजरकोटको आयुर्वेद शाखा प्रमुख  प्रभात सुवेदीले आयुर्बेद, प्राकृतिक चिकित्सा, योग तथा होमियोप्याथी लगाएतका चिकित्सा प्रर्णालीलाई एकीकृत रुपमा विकास र बिस्तार गर्न आरेग्यकेन्द्र स्थापना गरिएको बताउनु भयो ।

नेपाल सरकारले स्वास्थ्य नीति–२०७६ अनुसार स्थापना गरिएको सुवेदीको भनाई रहेको छ ।आरोग्य केन्द्रमा नियमित रूपमा बिरामी जांच ,औषधि बितरण ,पन्चकर्म,योग ध्यान ,विभिन्न किसिमका जनचेतना मुलक  कार्यक्रम हरु आरोग्यकेन्द्र बाट सन्चालान हुने छन् ।आरोग्य केन्द्र सन्चालन का लागि आबश्यक पर्ने जनशक्ति र औषधीको ब्यबस्थापनआयुर्बेद शाखा बाट भएको हो । आयुरर्वेद उपचार को सेवा नपुगेका जिल्लाका विभिन्न पालिका र बस्ती हरुमा नागरिक आरोग्य सेवा केन्द्र मार्फत सेवा बिस्तार गर्ने उदेश्य ले एक पालिका एक आयुर्बेद संस्था को नीति अनुरुप संघीय सरकार ले संस्था स्थापनाका लागि बजेट बिनियोजन गरेको हो । अस्पताल विकास समितिकी अध्यक्ष धर्मशिला बस्नेतले जिल्ला सदरमुकाम  खलंगामा रहेको ५० शैयाको जिल्लाअस्पताल, आयुर्बेद अस्पताल र जनस्वाथ्य कार्यालय संघीयता

कार्यान्वयन पश्चात प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय  अन्तरगत रहनेगरी स्वास्थ्य सेवा कार्यालय वाट सेवा प्रवाह गरिरहेको बताउनु भयो । यस अघि भेरी नगरपालिकाको खलङ्गामा, नलगाड नगरपालिकाको दल्लीमा, शिवालय गाउँपालिकाको जुगाथापाचौर , छेडागाड नगरपालिकाको कार्कीगाउँमा रहेका आयुर्बेदका शाखाहरुले स्वास्थ्य सेवा दिदै आएको अध्यक्ष बस्नेतले जानकारी दिनु भयो ।

 

शिवालय गाउँपालिकाकी कार्यवाहक अध्यक्ष शिवा आचार्यले आरोग्य सेवा केन्द्रले सुत्केरी  आमा, नवजात शिशु , जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा लिन र दिन कोशे ढुंगा सावित हुनसक्ने बिश्वास व्यक्त गर्नु भयो ।

प्रतिकृया दिनुहोस्