नलगाड नगरपालिकाको आयोजनामा नगर स्तरीय अन्तर माध्यमिक खेलकुद प्रतियोगिता शुरु भएको छ । भानुभक्त माविको खेल मैदानमा “नगरपालिकाको प्रतिभा पहिचान,स्वास्थ्य र खेलकुदको अभियान” भन्ने मुल नाराका साथ प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख मन बहादुर रावल र नगर प्रमुख टेक बहादुर रावलले खेलकुद प्रतियोगिताको उद्घाटन गरेका थिए ।
सो अवसरमा प्रमुख अतिथि रावलले पठनपाठनको अलावा विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सरिक गराउन सबैमा आग्रह गरे । उनले खेलकुदले नानीहरुमा शारीरिक र मानसिक विकास तथा मानवीय गुण अभिवृद्धिमा सहयोग पुग्ने बताए । भानुभक्त माध्यमिक बिद्यालय लहको खेल मैदानमा भएको प्रतियोगितामा नलगाड नगरका ९ वटा सामुदायिक विद्यालयको सहभागिता रहेको छ । नगर भित्रका माध्यमिक बिद्यालय मध्ये तपोभूमि मा.वि.ध्यारगाउँ बाहेक भानुभक्त मा.वि.लंह,त्रिभुवन मा.वि दल्ली,जुनी मा.वि.सिर्के,पंचाभैयार मा.वि.जिकुवा,जानकी मा.वि.मैदे,त्रिभुवन मा.वि तात्र,बिरेन्द्र हिमालय मा.वि तल्लु,नेरा मा.वि औलकुर्ता,सूर्योदय मा.वि कैना प्रतियोगितामा सहभागी भएका छन् ।
प्रतियोगितामा छात्रछात्रा दुवैतर्फ विभिन्नस्तरका दौड, ज्याभ्लीन थ्रो, , भलिबल, लगायतका इभेन्ट हुने बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न सञ्चालन तथा व्यवस्थापनको जिम्मा भानुभक्त मा.वि.लंह लाइ दिइएको थियो । सो कार्यक्रममा भानुभक्त माविका विव्यस अध्यक्ष धुर्वराज गौतमले शुभकामना मन्तव्य राखेका थिए ।
पाँच दिनसम्म सञ्चालन हुने उक्त खेलकुद प्रतियोगितामा भानुभक्त मा.वि लंह अन्तर्गतका बाल क्लबमा आबद्ध बिद्यार्थीहरुले स्वयम्सेवकको भूमिका निभाइरहेको त्रिभुवन मा.बि दल्लिका शिक्षक जय खड्काले जानकारी दिएका छन् । शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख बलबीर बिक, बिभिन्न राजनितिक दलका नेता,सहभागी बिद्यालयका प्रअ हरु, लगायतको आतिथ्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन भानुभक्त मा.वि लंहका शिक्षक गणेस रावलले गरेका थिए ।