बारेकोट गाउँपालिकाका सबै वडा सडक संजालमा जोडिए

भौगोलिक रुपमा बिकट बारेकोट गाउँपालिकाका सबै वडा यस बर्ष सडक संजालमा जोडिएका छन् । गाउँपालिकाको लगानीमा सबै वडामा सडक संजाल पुगेको हो । सबै वडाभरिमा सडक संजाल पुगेपछि स्थानीयवासीलाइ यातायातका लागि सहज भएको छ । गाउँमा सडक पुगेपछि उत्पादन भएका तरकारी तथा अन्य अन्नबाली बजारमा पुर्याउन सकिने भन्दै स्थानीयवासीहरु खुशी भएको बारेकोट ४ जिरीका राम बहादुर सिंहले बताए । उनले भने “अब सबै ठाउमा सडक पुगेको छ,किसानले उत्पादन गरेका बस्तुहरु कुहिएर खेर जाने छैनन्”।

स्थानीय तहसम्म पुगेको बजेटको पारदर्शीता कायम राख्दै प्रत्यक्ष निगरानीमा काम गर्दै गाउँपालिकाका प्रत्येक वडा कार्यालयमा सडक संजाल पुर्याउने उदेश्यले सडक बिस्तारको काम तिब्र रुपमा अगाडि बढाईएको गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताए । उनले भने “भौगोलिक विकटताका कारण वडा नम्बर ३ को कार्यालय बाहेक अरु सबै वडा कार्यालयमा सडक पुगिसकेको छ, अब टोल टोलमा सडक बिस्तार गर्ने योजनामा छौ” गाउँहरु सडक संजालमा जोंडिदा धेरैले खुशियाली मनाएको उनले दाबि गरे । सडक बिस्तार भएपछी बिरामी,बुढा बुढी,र स्कुले बालबालिकालाई सहज भएको छ ।  

प्रतिकृया दिनुहोस्