स्वर्गीय शेर बहादुर अधिकारीको शोक सभा सम्पन्न

जिल्ला सदरमुकाम खलंगामा स्वर्गीय शेर बहादुर अधिकारीको शोक सभा सम्पन्न भएको छ । मधुरिमा कला केन्द्र जाजरकोटको आयोजनामा उक्त शोक सभा खलंगाको गैरीखालीमा बुधबार सम्पन्न भएको हो । शोक सभामा मधुरिमा कला केन्द्र जाजरकोटले ‘शेर बहादुर अधिकारी प्रतिभा पुरस्कार’ कोष स्थापनाको घोषणा गरेको छ ।

१ मिनेट मौन धारण गरेर गैरीखालीमा सुरु गरिएको शोक सभामा स्वर्गीय अधिकारीको फोटोमा माल्यार्पण गरिएको थियो । स्वर्गीय अधिकारीको स्मरणमा शब्दद्धारा श्रद्धा गर्नुको साथै गीत र मुक्तक बाचन गरेर स्वर्गीय अधिकारीलाई स्मरण गरिएको थियो । शोक सभा कार्यक्रममा जनप्रतिनीधि, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, कलाकार, साहित्यकार, पत्रकार, अधिकारी परिवारका सदस्य, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

कला, साहित्य र शिक्षा क्षेत्रमा क्रियाशिल स्वग्र्रीय अधिकारीले गरेको योगदान जिल्लाका लागि अतुलनीय रहेको कार्यक्रमका सहभागीले भनाई राखेका थिए । लोक गायक तथा सर्जक अधिकारी जाजरकोट जिल्लाको मात्र नभएर मध्यपश्चिमको गौरबपूर्ण इतिहास बोकेको राष्ट्रिय स्तरको छवी निर्माण गर्न सफल कलाकार भएको मधुरिमा कला केन्द्र जाजरकोटका अध्यक्ष अध्यक्ष तथा गायक रेशम शाहीले भनाई राखेका थिए

मधुरिमा कला केन्द्र जाजरकोटले ‘शेर बहादुर अधिकारी प्रतिभा पुरस्कार’ पुरस्कार कोष स्थापना गर्ने घोषणा गर्दै कार्यक्रम आयोजक संस्थाका अध्यक्ष शाहीले यसैबर्ष देखि स्थापना गरिएको ‘शेर बहादुर अधिकारी प्रतिभा पुरस्कार’ कोषबाट कला, साहित्यको क्षेत्रमा क्रियाशिल भएर जिल्लालाई योगदान गरेका कलाकारलाई सम्मान गरिने जानकारी दिएका थिए ।

मधुरिमा कला केन्द्रको बिधान अनुसार स्थापना गरिने ‘शेर बहादुर अधिकारी प्रतिभा पुरस्कार’ कोष स्थापना तथा संचालन कार्यबिधी निर्माण गर्न ५ सदस्यीय मस्यौदा समिति मनोनित गरिएको अध्यक्ष शाहीले घोषण गरिएका थिए । घोषणा गरिएको मस्यौदा समितिको संयोजकमा राजेन्द्र बिक्रम शाह, सदस्यमा हरि (बस्नेत) सन्दर्भ, प्रेम बहादुर चलाउने, शोभा अधिकारी र अमृत पुन रहेका छन् । मस्यौदा समितिद्धारा १ महिना भित्र निर्माण गरिएको कार्यविधिलाई मधुरिमा कला केन्द्र जाजरकोटको कार्यसमितिको बैठकले पासगरी लागु गरिने बताईएको छ । यसै बर्षबाट जिल्लाका कलाकारहरुबाट उत्कृष्ट कलाकार छनौट गरी ‘शेर बहादुर अधिकारी प्रतिभा पुरस्कार’ द्धारा सम्मानित गरिने अध्यक्ष शाहीले बताएका छ्न ।

स्थापना गरिने ‘शेर बहादुर अधिकारी प्रतिभा पुरस्कार’ कोषबाट प्रत्येक बर्ष जिल्लाका उत्कृष्ट कलाकारलाई गरिने सम्मानले स्वर्गीय अधिकारी उच्च सम्मान हुनुको साथै कला क्षेत्रबाट जिल्लामा स्वर्गीय अधिमारीका धेरै अनुयायीहरु जन्माउन सकिने अध्यक्ष शाहीले बिश्वास व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्