बैज्ञानिक समाजबादी शिक्षा नीति पारित गर्दै अखिल (क्रान्तिकारी)को २२ औं राष्ट्रिय सम्मेलन सम्पन्न,

नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को २२ औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । चार दिनसम्म पोखरामा चलेको सम्मेलनले १०५ सदस्यीय केन्द्रीय समिती चयन गरेको स्रोतले जनाएको छ । सम्मेलनले प्रकाश शाही अध्यक्ष र मिलन राई महासचिव चयन गरेकोछ । जसको उपाध्यक्ष नरेन्द्र बिक, सचीव बिरेन्द्र शाह र कोषाध्यक्ष रुपाबुढा मगरलाई चयन गरेको हो ।

नेकपाका महासचिव विप्लवद्धारा पोखराको चिप्लेढुङ्गामा उद्घाटन भएको सम्मेलन चार दिनदेखि पोखराको लेकसाइडमा बन्दसत्र चलेको थियो । अखिल क्रान्तिकारीको सम्मेलन उद्धघाटन गर्न नेकपाका सचिवालयका नेताहरु प्रकाण्ड,सुदर्शन, कंचन र विषम लगाए केन्द्रिय नेताहरु पुगेका थिए ।
अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन भर्खरै सकिएको हो । सम्मेलन हिजो ८ गते नै सकिने तय भएतापनी एक दिन थप लम्बिएको थियो । बन्दसत्र अवधीभर नेकपाका प्रवक्ता प्रकाण्डको उपस्थिती रहेको थियो ।

  • झन्डै साढे तिन वर्ष अगाडी दाङमा सम्पन्न २१ औं राष्ट्रिय सम्मेलनमा क्रान्तिकारीमा ३० बर्षे उमेरको हदबन्दी लगाइएको थियो । तर यसपटक भने उमेर हदबन्दी हटाएर नेतृत्व चयन गरिएको जनाएको छ । गत २१ औं राष्ट्रिय सम्मेलनमा ४२ जना सिनियर केन्द्रिय नेताहरु बिदाइ भएपछि नयाँ टिम बनेको थियो । त्यस्तै यो २२ औं सम्मेलनबाट पनि पुराना १३ जना बाहेक सबैलाइ बिदा गरिएको क्रान्तिकारी स्रोतले जनाएको छ ।
प्रतिकृया दिनुहोस्