बिद्यालयहरुका प्रधानाध्यापक र भान्सेहरुलाई १ दिने क्षमता अभिबृद्दी कार्यक्रम सम्पन्न

बिश्व खाद्य कार्यक्रमको आयोजनामा दिवा खाजा कार्यक्रम संचालित बिद्यालयहरुका प्रधानाध्यापक र भान्सेहरुका लागी खाद्यन्न भण्डारण र भान्साकोठाको सरसफाइ सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम आज नलगाड नगरपालिकाको त्रिभुवन मा बि दल्लिमा सम्पन्न भएको छ।
दिवा खाजा कार्यक्रम लागू भएका नलगाडका ३० वटा बिद्यालय का प्रधानाध्यापक र भान्से सहभागी सो कार्यक्रममा सहजीकरण गर्दै बिश्व खाद्य कार्यक्रम जाजरकोटका फिल्ड कोर्डिनेटर कृष्ण थापाले चिसो र ओसिलोले गर्दा खाद्यान्न बिग्रने र पौष्टिकतामा कमि आउने जसबाट विद्यार्थीहरुमा दिवाखाजा प्रति नकारात्मक असरहरु पर्नुको साथै बालबालिकाहरुको स्वास्थ्यमा पनि असर गर्ने भएकाले सुरक्षित राख्नुपर्ने बताउनु भयो । नलगाडका ६१ वटा बिद्यालयमा दिवा खाजा कार्यक्रम लागू भएको र अन्य बिद्यालयका प्रधानाध्यापक र भान्सेहरुलाइ पनि अभिमुखिकरन कार्यक्रम गरिने थापाले बताउनु भयो । कार्यक्रममा अर्का सहजकर्ता गोबिन्द धाबिले किरा,फटयांग्रा तथा मुसाले खाद्यान्न नासगर्ने र जस्ले गर्दा विद्यार्थीहरुलाइ महिनाभरिलाइ खाना अपुग हुनेगरेकोले कार्यक्रम प्रती समाजको नकारात्मक सन्देश जाना नदिन बिधालयका प्रधानाध्यापक र भान्से हरुले भन्डारणमा उचित ध्यानदिनु पर्ने बताउनु भयो । कार्यक्रममा बिश्व खाद्य कार्यक्रमका फिल्ड सहायक हिक्मत चौधरिले खाद्यान्न भणडारण र भान्सा कोठा सरफाइ गर्ने तरिका बारे प्रष्ट पार्नु भएको थियो ।
दिवाखाजा कार्यक्रमले विद्यार्थीको भर्नादर बढाउनु, टिकाउनुको साथै बालबालिकाको पोषण अबस्थामा सुधार ल्याएको छ । कार्यक्रमले१ दिनमा प्रती विद्यार्थी ८० ग्राम चामल,२० ग्राम दाल,१०ग्राम तेल र २ ग्राम तेल दिने गरेको छ ।

प्रतिकृया दिनुहोस्