महिलालाई आत्मसुरक्षा तालिमको व्यवस्था गर्न माग गर्दै जाजरकोटमा अखिल (क्रान्तिकारी)को धर्ना

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जाजरकोटले धर्ना कार्यक्रम सम्पन्न गरेको छ ।

महिला माथि हुने महिला हिंसा, बलात्कार, हत्याको प्रतिरोध गर्न स्वयम् महिलाहरुको लागि आत्मसुरक्षा तालिमको ब्यबस्था गर भन्ने मुल नाराका साथ आज भेरी नगरपालिकाको कार्यलय अगाडि धर्ना कार्यक्रम गरेको हो ।

अखिल (क्रान्तिकारी) का केन्द्रीय तथा जिल्ला अध्यक्ष बिराजन शाही, संगठनका उपाध्यक्ष दिपेन्द्र सिंह, संगठनका सचिव शितल, सचिवालय सदस्य विशाल लगायत एक सय भन्दा बढी विद्यार्थीहरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको बताइएको छ ।

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै संगठनका केन्द्रीय सदस्य आफुहरुले उठाएका मागलाई कडाईपुर्वक लिन र सम्बोधन गर्ने सवालमा नहिचकिचाउन चेतावनी दिए । शाहीले भने, “महिलाहरुले आफ्नो अधिकार सुनश्चित गर्ने सन्दर्भमा हतियार उठाएको इतिहास पनि छ । एकपटक आम महिला दिदिबहिनीले आफ्नो अधिकार सुनश्चित गर्नका लागि शिरमा कफन बाँधेर लड्नुपर्ने अहिलेको आवश्यकता छ ।”

दलाल संसदीय ब्यबस्थाको कर्मकाण्ड नै आम जनतालाई भ्रम र पसिना चुसिखाने नै हो त्यसकारण यो ब्यबस्थाबाट महिला दिदिबहिनिहरुले सुरक्षित अनुभूति गर्ने वातावरण नभएको उनले बताए । नेपाली दिदीवहिनीको सुरक्षाको ग्यारेन्टी बैज्ञानिक समाजवादमा भएकाले यसको स्थापनाका लागि लामवद्ध हुन शाहील अपिल गरे।

प्रतिकृया दिनुहोस्