जाजरकोटमा सदरमुकाम केन्द्रित बजार अनुगमन

जाजरकोटकोटमा सदरमुकाम केन्द्रित  बजार अनुगमन सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण समिति, भेरी नगरपालिका, उद्योग वाणिज्य संघ, कोष तथा लेखा नियन्त्रक कार्यालय, नेपाल पत्रकार महासंघ र नागरिक समाजको संयुक्त टोलिले खलंगा बजार अनुगमन विहिबारदेखि सुरु गरेको हो ।

बिहिबार गैरीखालीको बजार अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय, जाजरकोटमा कार्यरत प्रशासकीय अधिकृत झलक केसी नेतृत्वको टोलीले शुक्रबार शान्तिचौताराको बजार अनुगमन गरेको थियो । सनिबार बाहेक अन्य दिनमा खलंगाका सबै पसलहरुको अनुगमन गरिने प्रशासकीय अधिकृत केसीले जानकारी दिएका छन् ।

नजिकिदै गरेको हिन्दु नेपालीहरुको वडा दशै, दिपावली, छट जस्ता महान पर्वमा ब्यापारीले दैनिक उपभोग्य बस्तुहरुको मुल्य बृद्धी, कृतिम अभाव सृजना गर्ने, म्याद गुज्रेका अखाद्य बस्तुको बिक्रि वितरण गर्ने कार्यलाई नियन्त्रण गर्न बजार अनुगमन गरिएको अधिकृत केसीको भनाई रहेको छ । बजार अनुगमनमा बिशेषगरी पसलमा म्याद गुज्रेकको खाद्य बस्तु छ वा छैन ?, पसल दर्ता भएको छ कि छैन ?, दर्ता गरिएको पसल नविकरण गरिएको छ कि छैन ?, पसलमा मुल्य सुची राखिएको छ कि छैन ?, पसलमा साईनबोर्ड राखिएको छ कि छैन ? जस्ता कुराहरु हेर्ने गरिएको अधिकृत केसीले बताएका छन् ।
अनुगमनको क्रममा पसलमा फेला परेका म्याद गुज्रेका अखाद्य तथा दैनिक उपभोग्य सामाग्री जफत गरेर नष्ट गर्ने गरिएको छ भने, अनुगमनका क्रममा केही पसलहरुमा पसलको साइनवोर्ड समेत नराखेको, अधिकांश पसलहरुमा मुल्य सूची नराखेको पाइएको बताएको छ । मुल्य सुची र साईनबोर्ड नराखेका पसलहरुलाई जिल्ला प्रशासन कार्यालयले लिखित तथा मौखिक सचेत गराउने काम गरेको छ ।

प्रतिकृया दिनुहोस्