जिल्लाको नलगाड नगरपालिका वडा नं. ५ मा रहेको प्राकृतिक भ्युटावर आन्तरिक तथा बाह्य पर्यटकको पर्खाइमा रहेको छ । करिब दुई हजार मिटरको उचाइमा रहेको यस भ्युटावर बाट कराइचुलि हिमाल बारेकोटका थुप्रै बस्तिहरु सङ्गै माथिका पहाड,पाटन क्षेत्र र नलगाडका थुप्रै बस्ती हरु सङ्गै धेरै स्थलहरु देख्न सकिन्छ ।
प्रकृतिको वरदान स्वरुप रहेको भ्युटावर उचित प्रचार प्रसार नहुदा कमै मात्रामा मानिसहरु त्यहाँ पुग्दछन् । विस्तारै यस्ता लुकेका ठाउँहरु को खोजि र वाह्य पर्यटकको आगमन नभएपनि आन्तरिक पर्यटकहरु लाई यहाँ आउन अनुरोध गरे पनि केहि हदसम्म राम्रो हुने देखिन्छ ।
एक चोटि अध्ययन अवलोकन र प्रकृति सँग रमाउन यो ठाउँ पुग्नै पर्ने ठाउँ हो ।
प्रतिकृया दिनुहोस्