नलगाडका बालविकास शिक्षिका र बिद्यालय कर्मचारी आन्दोलित, नगरपालिकामा तालाबन्दी

जिल्लाको नलगाड नगरपालिकामा तालाबन्दी गरिएको छ । बालबिकास शिक्षक र बिद्यालय कर्मचारीहरुले नगरपालिकामा तालाबन्दी गरेका हुन । स्थानिय सरकारले ७ हजार रुपैया थप्नु पर्ने संघिय सरकारको निर्णय तथा निर्देशन अनुसार नलगाड नगरपालिकाले नबढाएको भन्दै तालाबन्दी गरिएको बालबिकास शिक्षिका सिर्जना खड्काले जानकारी दिइन ।
चालु आर्थीक वर्षको बजेटमा संघिय सरकारले बजेट बक्तब्यमै बिद्यालय कर्मचारी र बाल बिकास शिक्षकहरुको न्युनतम पारीश्रमिक १५ हजार पुर्याउने उल्लेख गरेको थियो । २ हजार संघिय सरकारले थप्ने र ७ हजार पालिकाहरुले थपेर १५ हजार पुर्याउने भएको भएपनि नलगाड नगरपालिकाले ७ हजार नथपेको उनिहरुको भनाइ छ ।
बित्तिय समान्यीकरणको बजेटबाट कुनै पनि तलव भत्तामा खर्च गर्न नमिल्ने भनि अर्थ मन्त्रालयबाट पत्र आएको आन्तरीक राजस्वमा ७ हजार दिन सकिने अवस्था नरहेपछि कार्यान्वयन नगरिएको नलगाड नगरपालिकाले जनाएको छ ।

बालबिकास शिक्षिका र बिधालय कर्मचारी हरुले संघिय सरकारको निर्णय तथा निर्देशन  नलगाड नगरपालिकाले कार्यान्वयन नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् । जस अन्तर्गत मंसिर  २१ गते नगरपालिका र शिक्षा युवा तथा खेलकुद शाखामा तालाबन्दी गर्ने,२२गते नगरपालिकामा १ घन्टा धर्ना  गर्ने र पालिकाका कर्मचारीहरुलाइ कार्यालयमा प्रवेश गर्न रोक,२३ गते नगरपालिका घेराउ,२४ गते हातमा कालो पट्टि बाधी नगरपालिकामा धर्ना , २६ गते पालिकाका सबै बिद्यालयहरु बन्द गर्ने,२७गते पालिकाका सबै वडा कार्यालय हरुमा ज्ञापन पत्र बुझाइ कामकाज ठप्प पार्ने,२८ गते देखि पालिका भित्रका सबै बिद्यालयहरु अनिश्चित कालका लागि बन्द गर्ने र नलगाड नगरपालिकाले गर्ने कुनैपनी कार्यक्रममा बिद्यालयको सहभागिता नगर्ने गरि आन्दोलनका कार्यक्रम घोषण गरिएको बिद्यालय कर्मचारी डम्बर शाहिले बताए ।

प्रतिकृया दिनुहोस्