आन्दोलनको उपलब्धि: बालबिकास शिक्षक र कर्मचारीलाइ सरकारले तोके बमोजिम तलव दिने नलगाड नगरपालिकाको निर्णय

नलगाड नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षिका र बिधालय कर्मचारीहरुको तलव सरकारले तोके बमोजिम  नै दिने भएको छ ।

सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षिका र बिद्यालय कर्मचारीहरुको तलव सरकारले तोके बमोजिम नदिएको भन्दै नगरपालिकाको कार्यालयमा ताला लगाएर आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए । बुधबार नगरपालिकाले मंसिर १ देखि सरकारले तोके बमोजिम तलब दिने निर्णय गरेको नलगाड शिक्षक महासंघले बताएको छ ।
दोस्रो चौमासिकबाट बिद्यालय सहयोगी र बालबिकास शिक्षिकाको तलव १५ हजार हुने नगरपालिकाले जनाएको छ । 

प्रतिकृया दिनुहोस्