एमसीसी अनावश्यक विवादको बन्धक : राप्रपा नेपाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) नेपालले प्रमुख राजनीतिक दलको अकर्मन्यता र अदूरदर्शिताको परिणामस्वरुप अमेरिकी सहयोग परियोजना एमसीसी अनावश्यक विवादको बन्धक भएको बताएको छ ।
कमल थापाले गठन गरेको  नयाँ पार्टीको आइतबार बसेको पहिलो केन्द्रीय समिति बैठकले दलहरुको अकर्मन्यताकै कारण एमसीसीमा नागरिकस्तरमा आशंका पैदा भएको पनि निश्कर्ष निकालेको छ । एमसीसीकै कारण नेपाल वाह्य शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बन्नसक्ने खतरा देखिएको पनि राप्रपा नेपालले उल्लेख गरेको छ

प्रतिकृया दिनुहोस्