जाजरकोट । जाजरकोटमा १५ जना महिलाले ड्राईभिङ्ग तालिम लिईरहेकी छन् । सामाजिक विकास कार्यालयको आर्थिक सहयोग एवं कुशे लद्यु घरेलु सहकारी संस्था लिमिटेडको समन्वयमा उक्त तालिम सञ्चालन गरिएको हो ।
सामाजिक विकास कार्यालय जाजरकोटको चार लाख बजेट बाट उक्त तालिम सञ्चालन भएको कुशे लद्यु घरेलु सहकारी संस्था लिमिटेडका प्रबन्धक शिला विश्वकर्माले जानकारी दिईन् ।
उनका अनुसार जाजरकोटका सात वटै स्थानीय तहका महिलाहरुको उपस्थिती रहेको छ । ड्राईभिङ्ग सिक्न पाउँदा उनीहरु निकै खुशी भएका छन् । तालिम एक महिना सम्म सञ्चालन हुनेछ ।
प्रतिकृया दिनुहोस्