भेरी नगरपालिका को अायोजना मा राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कप प्रतियोगिता

मोहन सिंह जाजरकोट फागुन २९
भेरी नगरपालिका को अायोजनामा नगरपालिका अन्तर बिधालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कप प्रतियोगिता गरेको छ। नगरपालिका को भेरी त्रिबेणी मा बि रिम्नामा अाज बिधालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कप सुरु भएको छ। कार्यक्रममा विभिन्न खेल हरु भलिबल , दौड , टेकान्डो ,कराते, कबर्डि , हाइजम्प,लम्जजम,लगाएका कार्यक्रम हरु गरिएका छन।
कार्यक्रम मा सभाध्क्ष को भुमिका नगर प्रमुख चन्द्र प्रकाश घर्ति ले गर्नु भएको थियो।
कार्यक्रममा नगरपालिका अन्तरगत का दश वटा बिधालय हरुबाट बिधालयको ब्यानर ,नेपालको झन्डा ,खेलाडि पोसाख सहित सम्पूर्ण बिधालय का शिक्षक बिधार्थि हरुको उपस्थिति रहेको थियो । शास्त्रले हाईन, देशले खेलकुदका माध्यमद्वारा विश्वको बिजेता बन्नसक्छ ।आर्थिक विकास सुशासन, शान्ति र समृद्धि अनि एकताको लागि खेलकुदको विकासलाई अगाडि बढाउँदै खेलको माध्यमद्वारा विश्व विजेता नेपाल बन्नुपर्छ । खेलकुदको क्षेत्रबाट विकास सम्भव देखिदैगर्दा खेलकुद विकासका लागि सबै क्षेत्र हातेमालो गर्दै एकजुट हुन अब ढिला नगरी खेलकुद बाटै जाजरकोट लाई चिनाउने इच्छा का साथ मैले खेल कुुदलाई छुट्टाइएको बजेट( रकम )अन्ने ठाउँ मा हैन खेलकुदमै प्रयोगमा गर्ने हो ।भन्दै भेरी नगरपालिका मेर चन्द्र प्रकाश घर्ती ले कार्यक्रम को उद्घाटन गर्नु भएको थियो। कार्यक्रम मा जाजरकोट का प्रमुख जिल्ला अधिकारी ,प्रमुख जिल्ला समन्वय समिति , चन्दनाथ गण प्रमुख , प्रहरी नायब उपरीक्षक मधु कुमार थापा लगाएत को उपस्थित रहेको थियो।

प्रतिकृया दिनुहोस्