जिल्ला प्रहरी कार्यालयद्वारा नगरप्रमुख घर्ती सम्मानित

मोहन सिंह  -जिल्ला प्रहरी कार्यालय जाजरकोटले भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीलाई कदर पत्र सहित सम्मान गरेको छ ।                                                विहिवार एक कार्यक्रमको आयोजना गरि नेपाल प्रहरीको समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जातीय छुवाछुत तथा भेदभाव लगायत जनचेतना मुलक कार्यक्रम मार्फत यस जिल्लाको अपराध नियन्त्रण तथा शान्ती सु-व्यवस्था राख्ने कार्यमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै कदर पत्र सहित  उज्वल भबिस्यको कामना दिदै सम्मान गरेको हो ।
जाजरकोट जिल्लामा शान्ती सु- व्यवस्था कायम राख्न महत्वपुर्ण भुमिका निर्वाह गरेकोले कदर पत्र सहित सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी मधुकुमार थापाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्