नेकपा एमाले बारेकाेट द्धारा चुनाबि अभियान शुरु

मोहन सिंह जाजरकोट चेैत्र ५-नेकपा एमाले बारेकाेटले आइतबारदेखि चुनाव केन्द्रित अभियान शुरु गरेकाे छ ।नेकपा एमाले बारेकाेटले आउदो स्थानिय तह निर्बाचनलाई लक्षित गरि अभियान शुरु गरेकाे हाे ।
” आफ्नो घर आफ्नो गाउँ एमालेमय बनाउ , आउदो स्थानिय तहकाे निर्बाचनमा नेकपा एमालेलाई जिताउ ,, भन्ने नाराकासाथ पार्टीले चुनाव केन्द्रीत वडा अभियान शुरु गरेकाे बारेकोट गाउँ कमिटीका अध्यक्ष भक्तबहादुर बस्नेतले बताए । चैत ६ गते वडा नं १ बाट शुरु भएको अभियान १४ गते वडा नं ९ सम्पन्न गरिने छ । अभियानमा नेकपा एमालेका जाजरकाेटका सचिब बिरबहादुर गिरी, बारेकाेट अध्यक्ष
भक्तबहादुर बस्नेत नेता बिष्णु कुमार पुनकाे नेतृत्वमा एक टाेली परिचालन हुने नेकपा एमाले बारेकाेटका सचिब कबिराज पुनले जानकारी दिए । अभियानबाट वडा वडाकाे राजनितीक अबस्था र सम्भाबित वडा उम्मेदवारहरुकाे पहिचान गर्नुका साथै चुनावमा जनपरिचालन गर्ने तरिकाकाे निचाेड निकालिने छ ।चुनावकाे समय नजिकिदै गर्दा नेकपा एमाले बारेकाेटले चुनाबि अभियान तिब्र बनाएकाे छ । अहिले बारेकाेटका सबै जिल्ला कमिटी सदस्य, पालिका कमिटी सदस्य र वडा कमिटी सदस्यहरुलाइ आ आफ्नो भुगाेलमा परिचालन गरिएको छ ।पहिलाे चरणकाे अभियानकाे समापन नेकपा एमालेका केन्द्रीय सदस्य डम्बरबहादुर सिहकाे प्रमुख आथित्यतामा गर्ने छ । त्यसपछि दास्रो चरणकाे कार्यक्रम तय गरिने नेकपा एमालेले बारेकोटले जनाएको छ ।

प्रतिकृया दिनुहोस्