जाजरकोटको बारेकोटमा मतगणना सुरु, यस्तो छ प्रारम्भिक अपडेट

जाजरकोटको बारेकोट गाउँपालिकामा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि बारेकोट गाउँपालिकामा मतगणना सुरु भएको हो । बारेकोटमा ७८.१९प्रतिशत मत खसेको छ । कूल १११५० मतदाता रहेकोमा ८७१८ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
अहिलेसम्म १०० मतगणना गर्दा अध्यक्षका उम्मेदवार वीर बहादुर गिरिले  ४६ मत प्राप्त गर्नुभएको छ भने महेन्द्र बहादुर शाहले ४४ मत प्राप्त गर्नुभएको छ उपाध्यक्षका उम्मेदवार नर बहादुर गिरिले ४६ मत प्राप्त गर्नु भएको छ भने गिता सिंहले ३६ मत प्राप्त गर्नु भएको छ । वडा अध्यक्षका उमेदवार दान बहादुर शाहिले ५१ र कर्न बहादुर महताराले ३३ मत प्राप्त गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्