बर्सेनी पहिरोको त्रास,रोकथाममा छैन सरकारी चासो

बारेकोट गाउँपालिका ४ बोहरा टोलमा रहेको बस्ती पहिरोको जोखिममा परेको छ । २०७७ असार २५ गते बोहरा टोलको ठिक माथी रहेको शार्कि टोलमा गएको पहिरोले १२ जनाको ज्यान लियो । स्थानीयको खेतीयोग्य जग्गा बगायो । पहिरोका  कारण सार्किटोल र बोहरा टोलमा  खेती गरेको जग्गासहित बाली नै सखाप भयो । २०७७ असारमा पहिलो पटक पहिरोले जमिन बगाउन थालेको यो स्थानमा हरेक बर्षको बर्षा याममा त्यसरी नै पहिरो आउने गरेको छ । यसकारण बर्खा लाग्ने वित्तिकै स्थानीयहरु रातमा निदाउन सक्दैनन् । पहिरोले जग्गासँगै बस्ती नै बगाउने चिन्ता स्थानीयमा बढेको छ । २०७७  असार २५ गते राति भिषणबर्षाका कारण भिरालो जमिनमा रहेका बस्तीहरु पहिरोसँगै बग्न थालेपछी बस्तीबाट भागाभाग भयो । दिनभरी मेलापातमा बिताएर फर्किएका सबैजसो घरभित्र मस्तनिन्द्रामा थिए । एक्कासि पहिरो खस्न थालेपछी गाउलेहरुको भागदौड मच्चियो । दुधे बालबालिका हरु काखीमा च्यापेर  कोहि ओडारमा त कोहि डाँडामा गएर ज्यान जोगाउन सफल भए  भने बिगतमा पहिरोको संकेत  नदेखिएको बस्तिमाथिबाट धमाधम पहिरो खस्न थालेपछी भाग्न नसक्ने अबस्थाका र मस्त निन्द्रामा रहेका हरुलाइ पहिरोले बगायो । थुप्रै बस्तीहरु एकैपटक पहिरोको चपेटामा परेपछि भागेर ज्यान जोगाएका र बस्ति जोखिममा भै घरमा बस्न नसक्नेहरु कोहि ओढार,कोहि स्कुल त कोहि आफन्तकोमा बसे । सडकमार्ग हुदै जानेबाटो नहुदा प्रयाप्त राहत सामाग्री पुग्नसकेन । प्रतिकुल मौसमका कारण हेलिकप्टरबाट समेत राहत सामाग्री पुर्याउन सकिएन । मेहेनत गरेर लगाएको बालिबोट पहिरोले बगाएपछी किसानहरु कसरि गुजारा चलाउने भन्ने चिन्तामा थिए । आमाको न्यानो काखमा बेरिएको लास सदरमुकाम जाजरकोट बाट आएको नेपालि सेना,ससस्त्र प्रहरी र स्थानीयहरुले करिब १६ घण्टा लगाएर निकालेका थिए । कोठाभित्र सुतेकी कलुकि छोरी १४ बर्सकी  तिर्खा सार्की र ११ बर्षकी  कमला सार्की अर्को घरका  ५६ बर्षका गोपाल सार्की उनकी १३ बर्षकी छोरी लक्ष्मी सार्की,११ बर्षको छोरा अर्जुन सार्कीको सब निकालिएको थियो । भने उनकी श्रीमती पुस्पा सार्की अझैसम्म बेपत्ताछन् । गोपालको  घरमा पाहुना आएका  कुसे ९ चौरटाका २० बर्षका  डील्ली सार्की,१४ वर्षीया  गौरी सार्की,१६ बर्षीया  कबिता सार्की र १८ बर्षीय बिरेन्द्र सार्कीको सब पनि निकालिएको थियो ।दुइ अक्षरले निर्मित प्रिय शब्द आमा र बाबाको  सन्तानप्रतिको जिम्मेवारी र माया अनगीन्ति हुन्छ । ६ बर्षिय छोरा सुबासलाइ अँगालोमा बेरेको कलुको सब निकाल्दाको त्यो हृदयविदारक दृश्यले प्रहरी,सेना र उद्दारकर्मी स्थानीयका आँखा रसायाका थिए । सबैजसो दिनभर टोलाएर बसिरहेका हुन्छन उमेरले ७६ बर्षकी दुर्गी सार्की आँखाका नानिसमान छोरा बुहारी र  नातिनातिनालाई दैनिक जसो देख्दा निकै हर्षित हुन्थिन् । धेरै बर्षदेखी कमाउनाका लागि भारत गएका गोपालले  गाउफर्केर नयाँघर बनाएका थिए । दुर्गिको सपना थियो अब नातिनातिना सँगै खेल्दै बुढेसकालका पट्यारलाग्दा दिनहरु बिताउने तर २६ गते बिहान उनका सबै सपाना पहिरोमा पुरिय । जेठो नाति बाहेक छोरा को सबै परिवार गुमाएकी दुर्गी छोरा, बुहारी,नातिनाको सट्टा आफ्नो ज्यान लिनुपर्ने भन्दै मुड्की बजार्दै भगवानले पनि पक्षपात गरेको भन्दै बेलाबेलामा मुर्छित हुदै अझैसम्म  बिलौना गर्छिन  उनको छोरा गोपालको परिवारमा जेठो नाति किसन भाग्यले बाँच्न सफल भएका छन् भने बुहारी पुस्पा बेपत्त्ता छन् ।
अहिलेसम्म यहाँको जमीन धसिदै पहिरो बस्ती नजिकै आएकाले अहिले गाउँले समस्यामा परेका हुन् । स्थानीय युवा सेर बहादुर बोहराले पहिरोलाई बेलैमा नियन्त्रण गर्न नसक्दा जोखिमपूर्ण अवस्था आएको बताए । स्थानीयले जोखिममा रहेका बस्तीको दिर्घकालिन व्यवस्थापन गरिदिन सरकारसँग पटकपटक  माग गरेपनि  न्यूनिकरणका लागि कुनै पहल नभएको स्थानीयको गुनासो छ । रोकथाम र न्यूनिकरणका प्रयासहरु नहुँदा स्थानीयहरु हरेक बर्ष उही क्षति बेहोर्न बाध्य छन् । कतिपय परिवार वर्षात्को समयमा राम्रोसँग निदाउन सक्दैनन् । अर्कोतर्फ राहत र उद्दारमा मात्र बजेट खर्चने स्थानीय र प्रदेश सरकारले समेत विपद् व्यवस्थापन र रोकथामका पूर्वतयारी नगर्दा समस्या बल्झने गरेको हो ।

प्रतिकृया दिनुहोस्