जिरीबासीको १२ वर्षदेखिको बिजुली बाल्ने सपना पूरा

बारेकोटको जिरीमा बिजुली बलेपछि स्थानीयमा खुशीयाली छाएको छ । १२ वर्षदेखिको बिजुली बाल्ने सपना पूरा भएपछि स्थानीयवासी खुशी भएका हुन् । दुर्गम जिल्लाको विकट क्षेत्रका रुपमा रहेको जिरिमा पोल गाडेको ६ बर्ष पछि  विजुली बत्ती बलेको हो । स्थानीयको दबाब पछि वडा अध्यक्ष बिष्णु बहादुर रावतको सक्रियतामा साबिकको वडा नम्बर २ को लिम्क जिरी र पातल जिरीमा परिक्षणको रुपमा बत्ती बालिएको छ । ढलेका पोलहरु गाडेर तार कस्ने काम अन्तिम चरणमा रहेको र हाउस वाइरिङको काम सके लगत्तै पुरै गाउँ झलमल्ल बनाउने तयारी रहेको वडा अध्यक्ष रावतले बताए।
१ महिनामै बिधुत बाल्ने आफ्नो चुनावी प्रतिबद्धता भएपनी सो आयोजना निर्माणका लागि खरिद गरिएका सामान यत्रतत्र छरिएर रहेका र कतिपय विद्युतीय सामानमा खिया लागेर पात पतिङ्गरले पुरिएको अबस्थामा रहेकोेले काम ढिलाइ भएको अध्यक्ष रावतले बताए । 
सो आयोजनाका लागि गठित उपभोक्ता समितिको लापरबाहीका कारण निमार्ण सुरु भएको १२ वर्ष बितिसक्दा पनि िजुली बाल्ने सपना पूरा नभएको स्थानीयवासीको भनाइ छ । उपभोक्ता समितिले १२ बर्ष र जनप्रतिनिधिले ५ बर्ष सम्म बाल्न नसकेको बिधुत वडा अध्यक्ष रावतले निर्वाचित भएको ३ महिनामै बर्षऔ देखिको बिद्युत बाल्ने सपना पूरा गरेको भन्दै स्थानीय खुशी भएका छन् ।

१२ वर्षको अवधिमा चार पटक उपभोक्ता समिति फेरबदल भइसकेको थियो । सुरुमा गठन गरिएको उपभोक्ता समितिका अध्यक्ष धनबहादुर रावतले आयोजनाका सम्पूर्ण कागजात सचिव पदमबहादुर शाहीसंग भएकाले यसको यथार्थ विवरण आफूसंग नभएको बताएका थिए । 
सो आयोजनाका लागि संसद विकास कोषबाट प्राप्त भएको रु सात लाख दोस्रो पटकका अध्यक्ष प्रकाण्ड रावतले चलाएको तर उहाँको पालामा कुनै पनि काम नभएको पूर्व अध्यक्ष रावतले उल्लेख गरे । 
२०७४ को सम्पन्न स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा सिर्जना बस्नेत निर्वाचित भएपछि वडास्तरीय प्रथम बैठकमा आगामी दशैमा गाउँमा बत्ती बाल्न प्रकाण्डको समितिलाई विघटन गरेर लालबहादुर सिंहको अध्यक्षतामा तेस्रो उपभोक्ता समिति गठन गरिएको थियो । तर ५ बर्से कार्यकाल बितिसक्दा पनि प्रथम बैठकको निर्णय कार्यान्वयन हुनसकेन  । 

प्रतिकृया दिनुहोस्