वा ! यस्ता पो वडाध्यक्ष

फुर्सद कत्ति छैन् । योजना कार्यान्वयन तीब्र गतिमा छ । वडा कार्यालयबाट दिने सेवामा पनि ध्यान दिनै  पर्यो ।’ एक अशल सेवकको रुपमा नलगाड नगरपालिका वडा नम्बर ४ का अध्यक्ष बद्री पन्त परिचित छन् । लामो समय पत्रकारिता गरेका पन्तले  ग्रामीण क्षेत्रका जनताको पिर,मर्का राम्रै सङ्ग बुझेका छन् । पत्रकारिता गरेदेखि नै पन्त जनताको  मनमा बस्न सफल भएका हुन्। जनताको भावना अनुसार चल्न सक्ने क्षमता उनमा छ । त्यही भएर उनले  स्थानीय तहको निर्वाचन जिते ।


वडा अध्यक्षको जिम्मेवारी सम्हालेपछि जनताकै घर आगनमा अध्यक्ष पुग्दै आएका छन् । कहिल्यै कुनै टोलमा खाने पानी मर्मत  गर्न त कहिल्यै बाटो बनाउन पुगेका हुन्छन् ,कहिल्यै आफ्नै खर्चमा चामलको बोरा बोकेर गरिब जनताको घरदैलोमा पुगेका हुन्छन् त कहिल्यै सामाजिक काम काजमा  ।


उनी जनताको भावना अनुसार चल्नुपर्छ भन्य मान्यता राख्दछ्न। यो वर्ष चुनावी वर्ष भएपनि पन्तले  काम गरिरहेका छन् । अव आउँदो वर्षदेखि महशुस हुनेगरी काम गर्ने र जनतालाई आय आर्जनमा समाहित गरेर समृद्ध नगर बनाउने अठोट पन्तले गरेका छन्  ।

प्रतिकृया दिनुहोस्