बाटैमा सुत्केरी

भौगोलिक विकटता, प्रसूतिगृह टाढा हुनु, परिवारको लापरबाही, परिवारको आर्थिक अवस्थालगायत कारण ग्रामिण क्षेत्रका महिला बाटोमै सुत्केरी हुन बाध्य छन् । जिल्लाको बारेकोट गाउँपालिका मुल्सामकी २१ वर्षिया मिना नेपालीलाई सोमबार सुत्केरी ब्यथाले च्यापे पछि स्वास्थ्य चौकी लैजाने जोहो गरियो । बर्खाको बाटो, सामान्य मानिसलाई हिडेर लिम्सा पुग्न करिब ४ घण्टा लाग्छ ।साउने झरीमा सुत्केरीलाई स्ट्रेचरमा बोकेर त्यति टाढाको बर्थिङसेन्टर मा पुर्याउनु  कम्ती कठिन थिएन । तैपनि  मिनालाइ स्वास्थ्य संस्था पुर्याउनु पर्ने बाध्यता थियो । उनलाई स्वास्थ्य संस्था नपुर्‍याउदै  बाटोमै बच्चा जन्माइन ।
बाटोमै सुत्केरी हुनुपर्ने बाध्यता भोग्ने मिना एक्ली होइनन् । बारेकोटमा हरेक महिनाजसो यस्ता घटना बाहिर आउँछन्, जसले बारेकोट गाउँपालिकाले सुरक्षीत सुत्केरी गराएको भनी रिपोर्टमा १ नम्बर रहेको भएपनि  समग्र पालिकाको स्वास्थ्य अवस्थाको कमजोर चित्र उजागर गर्छन् । बारेकोटका आमाहरूका लागि प्रसूतिगृह नहुनुमात्रै दुर्भाग्य होइन, यातायात सुविधा नहुनु प्रमुख समस्या हो । कतिपय ठाउमा  सडक सुविधा पुगेको छैन,’ बारेकोटको मुल्सामका एक  स्थानीय भन्छन्, ‘स्वास्थ्य संस्थासम्म पुग्न सडक छैन कतै सडक भए पनि एम्बुलेन्सको सुविधा हुँदैन, यसले गर्दा यहाँका महिला असुरक्षित ढंगले बाटोमै सुत्केरी हुन्छन् ।
बाटोमै सुत्केरी भएपनी स्वास्थ चौकी पुगेर नाम टिपाउने र यातायात खर्च लिने गरेकोले बाटोमा सुत्केरी भएको तथ्यांक स्वास्थ संस्थामा राखिएको भेटिदैन ।

प्रतिकृया दिनुहोस्