सुन्दा अचम्म लाग्छ तर यो सत्य घटना हो । नलगाड नगरपालिका ४ का वडाध्यक्ष बद्री पन्त चामल बोकेर सुत्केरीको घरमा पुगेका छन् । सोमबार उनि स्वास्थ्यकर्मी र औषधी लिएर सुत्केरी धनसरा सार्किको घर प्यारघारा पुगेका हुन् । पन्त जिल्लामा सुत्केरीलाई सुत्केरो बोकेर भेट्ने पहिलो वडा अध्यक्ष हुन् ।
प्राचिन कालदेखी जाजरकोटका ग्रामीण क्षेत्रमा सुत्केरी महिलालाई सुत्केरो स्वरुप चामल,घ्यु,तेल,मह,मासु र अन्डा लगायतका पोषिलो खानेकुरा आफन्तजनले पुर्याउने चलन छ। त्यही चलन अनुरुप वडाध्यक्ष पन्त सुत्केरीको घरदैलोमा पुगेका हुन् ।
अध्यक्ष पन्तले भानुभक्त माद्यामिक विद्यालयका शिक्षकहरुलाई धनसराकाे अबस्थाकाे बारेमा जानकारी गराउदै सहयोग गर्न आग्रह गरे उनकाे आग्रहलाई स्विकार्दै शिक्षक हाशिलाल पन्त,प्रअ भक्त वलि , किशोर शाही ,सुदाम गाैतम, हरिश गाैतम, रमेश बादी , हिरालाल पन्त, हरिबहादुर वलि लगाएतले ५ सयका दरले सहयोग गरे । साे रकमवाट १ वाेरा चामल, तेल, जिरा, कपडा धुने सावुन, नुहाउने सावुन र १५ सय रुपैयाँ अध्यक्ष पन्तले सुत्केरी धनसरा सार्की लाई घरमै लिएर दिए ।
यहाँका प्राय सुत्केरी आर्थिक हिसावले निकै कमजोर हुने गरेका छन्। उनीहरूले पोषिलो खानेकुरा पाउँदैनन्। यो अवस्था बुझेर पन्त सुत्केरो बोकेर सुत्केरी को दैलोमा पुगेका हुन् । १० गते सुत्केरी भएकी सार्कीको घरमा खानेकुरा केही थिएन यसले उनलाई धेरै राहत पुगेको छ ।
उनले सुत्केरीको अवस्था बुझेर ,सुत्केरी स्याहारका बारेमा आफन्तलाई सम्झाइबुझाई गर्ने गरेका हुन्। गर्भवती महिला सुत्केरी भएपनि निकै कमजोर हुन्छन्। उनीहरूलाई पोषणयुक्त खानेकुराको आवश्यक पर्छ । उनले भने,‘ सहयोग जुटाएर यो कमजोर अवस्थामा पोषणयुक्त खानेकुरा उपलब्ध गरिएको हो।’
उनले घरमै पुगेर नियमित स्वास्थ्य संस्थाको निगरानीमा रहन,स्वास्थ्यकर्मी संग बारम्वार समन्वय गर्न र पोषिलो खानेकुरा र आरामको व्यवस्थापन गर्न आग्रह गरेका हुन्। यहाँका महिला सुत्केरी भएको बेला सुख्खा रोटी मात्र खाएको देख्छौँ। कार्यबोझ निकै बढेको र राम्रो संग आराम गर्न नपाएको भेटाउने गरेका छौँ । यो पटक्कै राम्रो भएन। वडाध्यक्ष पन्तले भने,‘पोषण युक्त खाना संगै गर्भवती र सुत्केरी भइसकेको अवस्थामा अपनाउनु पर्ने बिषयमा गम्भीर बन्न समेत सुझाव दिने गरेको पन्तको भनाइ छ।
अध्यक्ष ज्युले स्वास्थ्यमा पुगेर धनसरा घरमै सुत्केरी छिन केही सहयोग गर्नुपर्ने भयो भनेर हामीलाई जानकारि गराउनु भयो, अध्यक्ष आफैले चामल बाेकेर जानुभयाे, म पनि गए स्वास्थ्यकर्मी बिनाले भनिन । यस्ता अध्यक्ष लहँका जनताले पाउनु भनेकाे धेरै राम्रो कुरा हाे, दुखसुखखमा साथ दिने अध्यक्ष ज्युलाई मेराे तर्फबाट सलाम छ बिनाले थपिन ।
सुत्केरी सार्कीका आफन्तले कमजोर स्वास्थ्य भएको बेला घरमै आएर सुत्केरीलाई पोषण युक्त खानेकुरा,४५ दिनसम्म खाने आईरन चक्की, न्यानाे झाेलाकाे कपडा भाले किनेर खानु भनी १५ सय रुपैयाँ सुत्केरीको हातमै थमाए पछी निकै खुसी भएको सुनाएका थिए।