राजेन्द्र कार्की । जाजरकोेट सदरमुकाम खलंगा ठाँटीबजार स्थित न्यु थकाली होटल एण्ड लज संचालन गर्ने ओमका
र लोहनियालाई प्रहरीले आइतवार पक्राउ गरेको छ । महिलालाई ललाई फकाई बेश्याबृत्ति गराएको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बाँके डुडवा गाँउपालिका १ स्थायी ठेगाना भएका लोहनियाले पाँच बर्ष देखि जाजरकोटमा होटल ब्यवसाय संचालन गरिरहेका थिए । उनलाई प्रहरीले मानव बेचविखन सम्बन्धी कसुरमा मुद्धा दर्ता गराउने तयारी गरेको छ । उनी हिरासतमा छन् । सवैले उनलाई नै दोषी ठहर्याईरहेका छन् । तर मलाई भने यो घटनाका बारे संसय पैदा भएको छ ।
यो घटना थाह पाउने वित्तिकै यही विषयमा एक प्रहरी अधिकृत सँग मेरो कुराकानी भएको थियो । उनका अनुसार गोप्य सूचनाका आधारमा लोहनियाले महिलालाई ललाईफकाई देह ब्यापारमा लगाउने गरेको । पुरुष ग्राहकहरु आएमा फोन गरेर ति सम्पर्कमा रहेका महिलालाई बोलाई दिने गरेको र ग्राहकबाट एक हजार पाँच सय लिएर एक हजार महिलालाई दिने र पाँच सय कोठाभाडा लिने गरेको । त्यसदिन सम्पर्कमा रहेका भनिएका दुई जना महिला मध्य एक जना सम्बन्ध विच्छेद गरेकी एकल महिला र अर्को एक जना अविवाहित महिला तर उमेर पुगेकी ।
लोहनियालाई मानव बेचविखन सम्बन्धी कसुरमा मुद्धा चलाउने आधार यिनै हुन् । के साँच्चै उनले ति महिलाहरुलाई ललाई फकाई गरेरै बेश्याबृत्ति(देहब्यापार)मा लगाएका हुन् त ? फोन गर्ने वित्तिकै सम्पर्कमा आउने । यौनब्यापार गर्न पनि तयार भैहाल्ने । अनि एक पटकमा एक हजार पनि लिईहाल्ने । अनि ललाई फकाई गरेर हामीलाई यौन ब्यापारमा लगाए भन्न पाईन्छ ? प्रहरीले पनि ति महिलालाई कारवाही गर्नको सट्टा । होटल साहुलाई फसाउनकै लागि उल्टै महिलालाई निवेदन दिन लगाएर मुद्धा दर्ता गर्न मिल्छ ? ति महिला र महिला भोग्य पुरुष निर्दोष छन् त ? प्रश्न अन्त पनि तिर्सिएला । कि त यौनब्यापार भैरहेको भए होटलमै प्रहरीले रंगेहात पक्रन सक्नु पथ्र्यो । होइन भने कसैका लहडमा, भनेका र सुनेका आधारमा दुःखजिलो गरेर लामो समय देखि होटल ब्यवसाय गर्ने मान्छेलाई फसाउन मिल्छ ? ललाई फकाई गर्नलाई न भाषा मिल्छ न रहन सहन । अर्को कुरा ललाई फकाई गर्न लाई कि भर्खरका नाबालिका हुनु पर्यो । घटनाक्रम हेर्दा कुनै कोणबाट पनि ललाईफकाई गरेको भन्न सकिने आधार छैन । ललाई फकाई नहुने वित्तिकै मानव वेचविखन कसूर आर्कषित हुँदैन । कारवाही गर्ने नै भए जे गरेको हो त्यही केशमा मुद्धा चलाउनु पर्छ । अर्को कसूर आर्कषित गराउन पाइदैन ।
नेपालगञ्ज निवासी मधेसी समुदायका लोहनियाको होटलमा ग्राहक खोजी देउ भन्दै आउनेलाई उनले सहजिकरण गरेको हुनुपर्छ । त्यो उनी मात्र होइन संसारभरको प्रचलन यही छ । धेरै जसो होटल संचालकले गर्ने यस्तो धन्दालाई सामान्य मानिन्छ । जाजरकोटका अरु होटलमा पनि यस्तो धन्दा चल्छ । हदै यो गैरकानुनी होला तर ठुला ठुला शहरका ठुला होटलबाट प्रहरीले होटल संचालकबाट हप्ता असुल्ने गरिरहेको कुरा जगजाहेरै छ । उनी पहुँचवाला हुन्थे भने सायद यसरी फरक मुद्धा चलाउने आँट प्रहरीले पनि गर्न सक्दैन्थ्यो होला । उनी सामान्य मानिस हुन् । उद्यमी हुन् । एक कुशल ब्यवसायी हुन् । उनलाई अनाहकमा फसाउन हुँदैन । ठुलै अपराध गरेका छन् भने कानुनी राज्यमा कानुन अनुसार सवै चल्नु पर्छ । कानुनले सवैलाई समान देख्छ । उनले सजाय पनि पाउनु पर्छ । तर यो घटनामा ति महिलाहरु जसले समाजलाई विकृत बनाइरहेकी छन् । खासमा सजाय त ति महिलालाई