सुत्केरी महिलाको हवाई उद्दार

जाजरकोटको नलगाड नगरपालिकाकी सुत्केरी महिलाको हेलीकप्टर मार्फत उद्दार गरिएको छ । जिल्लाको नलगाड नगरपालिका ८ लुपानाकी २७ बर्षिया लक्ष्मी वलीकाे नेपाली सेनाको हेलीकप्टरबाट उद्दार गरिएको नलगाड नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बद्री पन्तले जानकारी दिनु भएको छ। सुत्केरी ब्यथाले च्यापेर ४ दिन देखि छट्पटी रहेकी वलि लाई शुक्रबार राती उपचारको लागि प्राथामिक स्वास्थ केन्द्र दल्लीमा लगिएको थियो ।

 दल्लिमा उपचार नभएको र स्थल मार्गबाट बाटो अबरुद्ध भएकोले एम्बुलेन्स जाने अबस्था नभएकोले वडा अध्यक्ष पन्तले जिल्ला प्रशासन कार्यालय जाजरकोट र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई अनुरोध गरिएकोका थिए । लक्ष्मीकाे पेटमा दुईवटा बच्चा रहेकाे र एक बच्चाको मृत्यु भएको प्राथमिक स्वास्थ केन्द्र दल्लिका स्वास्थ्यकर्मीले बताएका छन । वलि लाइ राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत हेलीकप्टर मगाएर प्रदेश अस्पताल सुर्खेतमा लगिएको छ ।

प्रतिकृया दिनुहोस्