नेपाल शिक्षक महासंघ जाजरकोटको अध्यक्षमा आशा शाह कार्की चयन

नेपाल शिक्षक महासंघ जाजरकोटको अध्यक्षमा आशा शाह कार्कीलाई चयन गरिएको छ । शनिवार महासंघको दोस्रो जिल्ला अधिवेशन बाट कार्कीलाई अध्यक्षमा चयन गरिएको हो ।

यस्तै, सह अध्यक्षमा शिवलाल जैसी, उपाध्यक्षमा उमेश बहादुर थापा, महिला उपाध्यक्षमा टिका खड्का, सचिवमा शुनिल देवकोटा, अर्थ सचिवमा टेकबहादुर मल्ल, महिला सह सचिवमा विन्दु बटाला, सह सचिवमा रामबहा
दुर शाहीलाई चयन गरिएको छ ।

यस्तै, सदस्यहरुमा तिलक खत्री, गणेशबहादुर सिंह, संगिता राना, अमर बहादुर खत्री,लोकेन्द्र बस्नेत, तिर्सा खत्री, किरण प्रकाश चन्द र वेदराज शाह सहित २० सदस्सीय जिल्ला कार्य समिति गठन गरिएको छ ।

प्रतिकृया दिनुहोस्