शिक्षक सेवा आयोग मावि नेपाली विषयको नतिजा सार्वजनिक (विवरणसहित)

शिक्षक सेवा आयोगले माध्यमिक तह तृतिय श्रेणी शिक्षक पद नेपाली विषयको नतिजा सार्वजनिक गरेको छ। आयोगले २०७८ चैत र ०७९ असारमा सञ्चालन गरेको माध्यमिक तह नेपाली विषयको अन्तर्वार्ताका लागि छनोट भएका परीक्षार्थीको नामावली सार्वजनिक गरेको हो। 

आयोगले विषयगत परीक्षामा सम्मिलित ११६ जना परीक्षार्थी मध्य अन्तर्वार्ताका लागि छनोट भएका परीक्षार्थीको नामावली सार्वजनिक गरेको छ।

सबै प्रदेशबाट अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारको अन्तर्वार्ता असोज २५ र २६ गते आयोगको केन्द्रिय कार्यालयमा सञ्चालन हुने सुचनामा उल्लेख छ।

प्रतिकृया दिनुहोस्