एकीकृत अखिल नेपाल शिक्षक संगठन बारेकोटको तेस्रो पालिका अधिबेशन सम्पन्न | अध्यक्षमा शाही

नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन बारेकोट गाउँ कमिटीको तेस्रो पालिका सम्मेलन सम्पन्न भएको छ । एकिकृत अखिल नेपाल शिक्षक संगठनका पालिका कमिटि अध्यक्ष गोरख बहादुर सिंहको अध्यक्षतामा बुधबार लिम्सामा सम्पन्न भएको उक्त अधिबेशनमा प्रमुख अतिथीजिल्ला समन्वय समितिका सह–संयोजक दल बहादुर सिंह,बिशेश अतिथि संगठनका प्रदेश अर्थ उपसचिव खडक बहादुर रावत , रहनु भएको थियो । नेकपा (माओवादी केन्द्र) बारेकोट गाउँ कमिटीका अध्यक्ष हरिबहादुर थापा, संगठनका जिल्ला उपाध्यक्ष नरबहादुर शाही लगायतको उपस्थिति रहेको थियो ।
बुधबार  गाउँ  कमिटीले पदाधिकारी चयन गर्दै तेस्रो सम्मेलन सम्पन्न गरेको हो । अध्यक्षमा राजेन्द्र विक्रम शाही, बरिष्ठ उपाध्यक्षमा सन्दिप चन्द,महिला उपाध्यक्षमा सिता बुढा,उपाध्यक्षमा धर्माराज गिरी,सचिवमा हरिबहादुर नेपाली,अर्थ सचिवमा मिना घर्ती(रोकाय),अर्थ उप–सचिव लालबहादुर सिंह सहितको २१ सदस्यीय समिति गठन भएको छ ।’
संगठनले बारेकोटको शैक्षिक क्षेत्रलाई सुधार गर्न सघाउने र शैक्षिक क्षेत्रमा हुने गरेका गलत कार्यहरुको पर्दाफास गर्ने नवनिर्वाचित अध्यक्ष शाहीले बताए ।

प्रतिकृया दिनुहोस्