जाजरकोटमा शक्ति बस्नेतको अग्रता

जाजरकोट ,  मंसिर ४ गते सम्पन्न चुनावमा मत गणना कार्य जाजरकोटमा सुरु भएको छ । नेकपा ( माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेतले ६१२ भोट पाउनुभएको छ भने उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका निरज आचार्यले २६५ पाउनुभयो । त्यस्तै प्रदेशसभा तर्फ १ (क) मा नेपाली काँग्रेसका बेदराज सिंहले ७५६ ल्याउनुभएको छ । उहाँका प्रतिद्धन्दी नेकपा एमालेका डम्वरबहादुर सिंहले ४४१ भोट पाउनुभयो । त्यस्तै १ (ख) मा कांग्रेसका राजिवविक्रम शाहले ७२८ पाउनुभएको छ उहाँका प्रतिस्पधी एमालेका खीमबहादुर शाहीले ३५९भोट ल्याउनुभयो ।

प्रतिकृया दिनुहोस्