पछिल्लो समय सुरक्षाको बिषय निकै चुनौतीपूर्ण बन्दै गइरहेको छ ।चोरी ,डकैती,दुर्घटना तथा अन्य अपराधीक क्रियाकलाप हरुलाइ न्यूनीकरण गरि सभ्य समाज निर्माण गर्न सिसिटिभी क्यामरा महत्वपूर्ण माध्यम बनेको छ ।
अहिले नलगाडमा ६ वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ । नलगाड भित्रका मुख्य बजारमा सिसिटिभी क्यामेरा जडान गरिएको हो । दैनिक चोरी, झैझगडा अपराधिक गतिविधिलाई सुक्ष्म रुपले निगरानी गरी गैरकानुनी क्रियाकलापहरु गर्नै व्यक्तिलाई कानुनी दायरामा ल्याई कारवाही गर्नको लागि ल्याउनको लागि नगरपालिकाको आर्थिक सहयोग र जिल्ला प्रहरी कार्यालय जाजरकोटको समन्वयमा सिसिटिभी क्यामरा जडान गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
नगरपालिकाको बजारका मुख्य मुख्य चोकहरु छेप्का बजार, कालिमाटी बेलीब्रिज, खानटाकुरा, तथा बारेकोट जाने सडक खण्डमा उक्त सिसिटिभी क्यामेरा जडान गरिएको प्रमुुख प्रशासकीय अधिकृत मान बहादुर गिरीले जानकारी दिए ।
नगरपालिकाको करिव ९ लाख ९० हजारको लगानीमा ६ वटा क्यामेरा जडान गरेको उनले जानकारी दिए । बजारमा जोडिएका क्यामेराको कन्ट्रोल जिल्ला प्रहरी कार्यालय रहेको छ । अब चोरी र झै झगडालाई गर्नेहरुको रेकर्ड सिसि क्यामेराबाट हेर्न सकिने जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी सन्तोष निरौलाले बताए । उनका अनुसार सिसिक्यामेरा जडान भएपछि प्रहरीलाई पनि सहज हुनेछ । नलगाड नगरपालिकाको मुख्य बजामा सिसि क्यामेरा जडान भएपछि त्यसले सुरक्षित वातावरण बनाउने स्थानीयबासीहरुको भनाइ छ ।